गोदावरी नगरपालिकाको भवन शिलान्यास

<p>काठमाडौं। गोदावरी नगरपालिका भवनको शिलान्यास भएको छ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले आज यहाँ आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्दै ललितपुर जिल्लाको क्षेत्र नं १ काठमाडौँ उपत्यकाकै सबैभन्दा विकट क्षेत्र भएको तर सिंहदरबारले टाढा सम्झँदा अझै विकासका हिसाबले पछि परिरहेको बताए। प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले स्थानीय सरकारले जनतालाई बढी आवश्यक भएका क्षेत्रमा पहिले काम गर्नुपर्नेमा जोड [&hellip;]</p>

काठमाडौं। गोदावरी नगरपालिका भवनको शिलान्यास भएको छ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले आज यहाँ आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्दै ललितपुर जिल्लाको क्षेत्र नं १ काठमाडौँ उपत्यकाकै सबैभन्दा विकट क्षेत्र भएको तर सिंहदरबारले टाढा सम्झँदा अझै विकासका हिसाबले पछि परिरहेको बताए।

प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले स्थानीय सरकारले जनतालाई बढी आवश्यक भएका क्षेत्रमा पहिले काम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वसांसद मदनबहादर अमात्यले ग्रामीण क्षेत्रमा सडक विस्तार हुँदै जाँदा धेरै जग्गा भूमाफियाको स्वामित्वमा गएको बताए। नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भवन निर्माण समयमै सकिने विश्वास व्यक्त गरेका छन्।

भवन निर्माणका लागि नगरपालिकाले तुलसीभक्त ड्रागन जेभीसँग ठेक्का सम्झौता गरेको छ । रु २१ करोड ४५ लाख ५६ हजार ६१ बजेटमा निर्माण हुन लागेको भवन सम्झौता भएको मितिले दुई वर्षमा सकिने नगरपालिकाले जनाएको छ । भवन बन्न लागेको जग्गा झण्डै साढे छ रोपनी छ । यसअघि कार्यालयका लागि भवन नहुँदा भाडाका भवनबाट नै नगरपालिकाका सबै काम सञ्चालन हुँदै आएको छ । रासस

Share News