काठमाडौं । सनराइज बैंकले बझाङको चैनपुर र जुम्लामा नयाँ शाखा संचालनमा ल्याएको छ । शुक्रबार जय पृथ्वी नगरपालिकाका मेयर विरेन्द्रबहादुर खड्काले चैनपुर शाखा तथा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जुम्ला शाखाको उद्घाटन गरेका छन् ।
यी सहित बैंकको शाखा संख्या ९७ वटा पुगेको छ । साथै बैंकले ११० वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ् सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ् सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
यसैगरी, सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।