काठमाडौं । एनआईसी एशिया बैंकले बाँकेमा २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले बाँकेको त्रिभुवन चोक र सम्झनाचोकमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।
उक्त त्रिभुवन चोक शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्रप्रसाद अर्याल र सम्झनाचोक शाखाको उद्घाटन नेपालगञ्जको नेपाल राष्ट्र बैकका निर्देशक बिमलराज खनालले गरेको हुन् ।
हालसम्म बैंकले २६१ शाखा कार्यालयहरु, २५३ एटीएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ् ईकाई मार्फत बैंकिङ् सेवा दिँदै आएको छ ।