हुण्डाईको नयाँ थ्री एस सेन्टर अब वीरगंजमा

<p>काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिलेले वीरगंजमा नयाँ थ्री एस सेन्टर उदघाटन गरेको छ । कम्पनीले आफ्नो डिलर अरचिड्स मोटो कर्पोरेसन प्रा.लिको सहयाेगमा उक्त सेन्टर खोलेको हो । कम्पनीले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य उक्त स्थानमा नयाँ सेन्टर खोलेको बताएको छ । वीरगंज र [&hellip;]</p>

काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिलेले वीरगंजमा नयाँ थ्री एस सेन्टर उदघाटन गरेको छ । कम्पनीले आफ्नो डिलर अरचिड्स मोटो कर्पोरेसन प्रा.लिको सहयाेगमा उक्त सेन्टर खोलेको हो ।

कम्पनीले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य उक्त स्थानमा नयाँ सेन्टर खोलेको बताएको छ । वीरगंज र वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको हो ।

उक्त थ्री एस सेन्टरको उद्घाटन बिन्देश्वरप्रसाद साह तथा लक्ष्मी ईन्टरकन्टिनेन्टलका एस्क्यिूटिभ डाइरेक्टर निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

उक्त सेन्टरको सोेरुममा ३ देखि ४ वटा सम्म गाडि डिस्प्ले गरिनेछ, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यसको उत्कृष्ट सर्भिस सेन्टरमा प्रतिमहिना ३०० वटासम्म गाडिलाई सेवा दिने क्षमता रहेको छ ।

साथै, यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन्पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछन् । लक्ष्मी ईन्टरकन्टिनेन्टलले हालसम्म १४ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

Share News