काठमाडौं । रसियामा मासिक १ हजार अमेरिकी डलरको जागिर लगाइदिने भन्दै ठगि गर्ने ३ जना पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले ३ जनालाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको हो ।
३९ जना व्यक्तिहरुसँग ४५ लाख भन्दा बढी ठगि गरिसकेको अवस्थामा सीआबीले राजु तामाङ, जगत बहादुर श्रेष्ठ र ज्ञान गोविन्द वैधलाई पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको सीआईबीका प्रहरी नायब उपरिक्षक कविता कटवालले बताइन ।

