
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंलाई लक्षित गरी ७ दिने “निःशुल्कबस सेवा”सुरु गरेको छ । यो निःशुल्क बस सेवा असोज १७ गतेदेखि २३ गतेसम्म त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाट सुरु भई रिङ्गरोड परिक्रमा गर्ने छ ।
वैदेशिक रोेजगारीका लागि विदेशिने नेपालीलाई लक्षित गरी दशैं मनाउन विभिन्न देशबाट स्वदेश फर्किने यात्रुलाई सहयोग पुर्याउन सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडलसिजन २ का ११ जना टप फाइनलिस्टहरुले संयुक्त रुपमा रिबन काटी सेवा सुरु गरिएको छ ।