
काठमाडौँ । पाल्पा सराइकी कमला रिजालको माइतीले अमेरिका पुगेर भीसा पठाउँदा पनि पञ्चदेव गौ-सदन छाडेकी छैनन् । उनले ४० वटा गाईबाट दैनिक ३०० लिटर दूध बेचेर १७ हजार रुपैँया कमाइ गरिरहेकी छिन । कमलाले मासिक ९ हजार लिटर दूध बेचेर ५ लाख १० हजार कमाइ रहेकी छिन ।
उनले विकासन्युसँग भनिन “अमेरिकाभन्दा गोठका गाई नै प्यारो लागेको छ, नेपालमा नै बसेर अमेरिकामा भन्दा रामो पैँसा कामाइ रहेकी छु । नेपालीहरु युरोपको भीसा लागेपछि धेरै खुसी हुन्छन् । स्वदेशमै काम गर्नुजस्तो आनन्द अमेरिकामा कहाँ होला र रु उनले भनिन् । ‘म यही पेसामै राम्रो कमाई र सन्तुष्ट छु ।’
तर युरोप अमेरिका गएर पनि सामान्य काम नै गर्ने हो । म नेपालमा नै बसेर देशका लागि केही उदारणीय काम गरौं भनेर लागेकी हुँ कमलाले भनिन् ।
एउटा गाईबाट सुरु भएको व्यवसाय अहिले एक करोड भन्दा माथिको लगानीमा पुगेको छ । गृहणीमै सीमित रिजाल अहिले देशमा नै चर्चा पाउने उद्यमी मध्ये कि एक बनेकी छिन् ।
अहिले उनको फार्ममा ७० वटा गाई पुगेको छ । तानसेन नगरपालिका–९ की कमलालाई गाई पालनमा पति सुकदेवले साथ दिइरहेका छन् । कमलाको फार्ममा हाल ४० वटा दुहुना र ३० वटा कोरली गाई छन् । ४० वटा दुहुना गाईबाट कमलाले दैनिक ३ सय लिटर दूध बिक्री गर्दै आएकी छन् ।
दूध बिक्रीबाट दैनिक १५ देखि १७ हजार रुपैयाँ आम्दानी हुन्छ । दुध ढुम्रे दुग्ध सहकारी संस्थाले खरिद गरिरहेको छ ।
गाईपालनमा लागेकी कमला अहिले व्यावसायिक गाईपालक भएकी छन् । उनको जोस र जाँगरले अझै उचाइ लिँदै छ । गाईपालन व्यवसायलाई अझ व्यावसायिक बनाउने योजनामा उनी लागिपरेकी छन् । कमलाले दैनिक ५ सय लिटर दूध बिक्री गर्ने र एक सयभन्दा बढी गाई पाल्ने योजनाका साथ अगि बढिरहेकी छिन । ‘मैले एउटा गाईबाट व्यवसाय सुरु गरेर अहिले ७० वटा गाई पुर्याएकी छु । पछि गएर एक सय वटा दुहुना गाई पाल्ने र एक हजार लिटरसम्म दैनिक दूध उत्पादन गर्ने सोच बनाएकी छु ।’ उनले भनिन् ।
उनको फर्ममा अहिले मेसिनबाट दूध दुहिन्छ । मेसिनबाट साझै भाँडामा संकलन हुन्छ । गाईलाई घाँस र दानापानी ल्याउन आफ्नै साधान छ । उनले फार्मवरिपरि प्रशस्त घाँस रापेकी छन् । गोबर मलमुत्र सीधै घाँसे स्थानमा जाने गरी व्यवस्थापन गरिएको छ । ७० वटा गाईको हेरचाह, पालनपोषण पति पत्नीले मात्र गर्दै आएका छन् । उनीहरूले कामदार नखोजेका पनि होइनन् । तर ३० हजार तलब दिँदासमेत कोही आएन। उनले सरकारबाट कुनै पनि किसिमको सुविधा पाएकी छैनन्। ‘मैले अनुदान पाउँछु कि भनेर काम गरेकी हैन, स्वदेशमै पनि धन कमाउन सकिन्छ भने प्रमाण दिएकी हुँ’, उनले गर्वसाथ भनिन् ।
पाल्पाका ठुला डेरी फार्महरूले पोखरा, बुटवल र काठमाडौंमा दूधसँगै दूग्धजन्य वस्तु छुर्पी, दही, पनिर निर्यात गर्दै आएका छन् ।