
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ‘ओपो एफनाइन’ मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याशचार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सहित उक्त मोबाइल बजारमा सार्वजनिक गरिएको हाे ।

सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा एफनाइन उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । तीमध्ये सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोर मार्फत भदौ १४ गतेदेखि बिक्रि शुरु गरेको छ भने स्टारी पर्पलका लागि भने उपभोक्ताले केही समय थप कुर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।
भर्खरै सार्वजनिक गरिएको ४जीबीको ओपो एफनाइनको मूल्य ४१ हजार ५९० रुपैयाँ र ६ जीबीको मूल्य ४५ हजार ५९० रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । ओपो एफनाइनको ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८ प्रतिशत स्क्रिन टू बडी रेसिया पृथक ग्राडियण्ट कलर र ३५०० एमएएच ब्याट्री रहेको छ ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धि उपभोक्ताको चिन्ता निवारणमा हामी सफल हुनेमा हामी आशावादी छौं ।’
सार्वजनिक समारोहमाओपोका ब्राण्ड एम्ब्यासेडर दिपिका पाडुकोण र सिद्धार्थ मल्होत्रा अभिनित ‘५ मिनेट चार्ज, २ आवर टक’ शीर्षक दिइएको टीभीसीमा ओपो एफनाइनको भोक फ्ल्याशचार्जिङ क्षमतालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
भोक मार्फत तिब्र गतिको चार्ज
ओपो एफनाइनमा भोक फ्ल्यास चार्जको व्यवास्था गरिएको छ । ओपोद्वारा विकसित, लो भोल्टेज चार्जिङ प्रविधि उपयोग गर्ने यस प्रविधिले साधारण ५भी/१ए साधारण चार्जिङका तुलनामा चार गुणा तिब्र चार्जिङ गति क्षमता प्रदान गर्छ । साथै हतार भएको अवस्थामा मात्र ५ मिनेट चार्ज गरी २ घण्टाको समयका लागि पर्याप्त टक टाइम प्राप्त गर्न सकिन्छ ।
भोक प्रयोग गर्दा चार्जिङ गरिरहेकै अवस्थामा फोनको प्रयोग गर्दा पनि कुनै असर पर्दैन । यो सुविधा हाई भोल्टेज फास्ट चार्जले दिन सक्दैन ।
ग्राडियण्ट कलर्स सहित वाटरड्रप स्क्रिन
फोनमा प्रयोग गरिएको ग्राडियण्ट स्प्रेयिङ प्रविधि र फ्रेम ग्राडियण्ट प्रविधिमार्फत कम्पनीले ग्राडियण्ट डिजाइन सहितको ब्याकका साथै यूनिफाइड भ्यूइङ अनुभव प्रदान गर्छ । प्रत्यक्ष सूर्यको प्रकासमा राख्दा एफनाइन बहुमुल्य रत्न र बगिरहेको पानीझैँ चम्किने कम्पनीले जनाएकाे छ ।
एफनाइनमा १०८०*२३४० रेजोल्यूशन सहितको आकर्षक ६.३ ईञ्च बेजल-लेस स्क्रिन जडान गरिएको छ । १९.५:९ एस्पेकट रेसियो र ९०.८ प्रतिशत सुपर हाई स्क्रिन टू बडी रेसियो पनि उपलब्ध गरिएको छ ।

कलरओएस ५.२ एआई प्रणाली
ओपोले एफनाइनमार्फत प्रयोगकर्तालाई स्मार्ट अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने सोचका साथ एण्ड्रोइड ८.१मा आधारित कलरओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ । एफनाइनमा गुगल लेन्स पनि उपलब्ध छ । यसले बस्तुको सटिक पहिचान गरी आवश्यक नतिजा तथा सूचना प्रस्तुत गर्न सहज हुने कम्पनीले बताएको छ ।