काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बिराटनगरको मोरङमा नयाँ शाखा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरेका छन् ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैकिङ पहुँच पुर्याउने उद्देश्यका साथ यस बैंकले आगामी दिनहरुमा थप शाखामार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।