विदुतिय सवारीको प्रयोग बढ्दो, यस्तो छ राष्ट्रपति, मन्त्रीहरु र पुर्व राजा ज्ञानेन्द्रले चढ्ने इलेक्ट्रिक कार

<p>काठमाडौं । नेपालमा इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै गएको छ । देशका उच्चपदस्त व्यक्तिहरुले इलेक्ट्रिक गाडीको प्रयोग गरेका हुन् । पुर्वराजा ज्ञानेन्द्र, राष्ट्रपति विद्यादेवी भण्डारी र उर्जा मन्त्री वर्षमान पुनले विद्युतिय सवारीको प्रयोग गरेका छन् । गत बिहिबार राष्ट्रपति भण्डारीका लागि ६० लाखको इलेक्ट्रिक कार किनिएको छ । चिनियाँ बीवाईडी कम्पनीको ई–सिक्स मोडलको कार कम्पनीका चिनियाँ [&hellip;]</p>

काठमाडौं । नेपालमा इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै गएको छ । देशका उच्चपदस्त व्यक्तिहरुले इलेक्ट्रिक गाडीको प्रयोग गरेका हुन् । पुर्वराजा ज्ञानेन्द्र, राष्ट्रपति विद्यादेवी भण्डारी र उर्जा मन्त्री वर्षमान पुनले विद्युतिय सवारीको प्रयोग गरेका छन् ।

गत बिहिबार राष्ट्रपति भण्डारीका लागि ६० लाखको इलेक्ट्रिक कार किनिएको छ । चिनियाँ बीवाईडी कम्पनीको ई–सिक्स मोडलको कार कम्पनीका चिनियाँ प्रतिनिधिले बिहीबार शीतलनिवासमा राष्ट्रपति कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति भन्डारीले चढ्ने कार

विद्युतिय सवारीको बारेमा जनचेतना फैलाउने उद्देश्यले राष्ट्रपतिका लागि विद्युतिय गाडी किनिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।

उर्जामन्त्री पुनले चढ्ने कार

यसैगरी आइबारबाट उर्जामन्त्री बर्षमान पुनले पनि विद्युतिय गाडी चढेका छन् । पुनका प्रेस सल्लाहकार रोशन खड्काका अनुसार मन्त्री पुनले जारी गरेको स्वेतपत्रमा विद्युतीय सवारी साधनको प्रयोगलाई बृद्धि गरी आगामी पाँच वर्षभित्र क्षमता सवारी साधनको आयातको ५० प्रतिशत पुर्यारउने लक्ष्य राखेका छन् ।

पुर्वराजा ज्ञानेन्द्र शाहले अहिले विद्युतिय कार किया सोल इभी चढिरहेका छन् । किया मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका सेल्स एक्जुकेटीभ अशोक पण्डितका अनुसार शाहले प्रति कार ५८ लाख रुपैंयाँ तिरेर २ वटा विद्युतीय कार खरिद गरेका छन् ।

सोही मोडलको सीयूभी एक वर्षअघि पूर्व सचिव रामेश्वर खनालले पनि किनेका छन् । वल्र्ड वाइड फण्ड फर नेचर९डब्ल्युडब्ल्युएफ०ले समेत त्यस्तै २ वटा भेहिकल किनेको छ। उनले नेपालमा उच्च सरकारी अधिकारी, विभिन्न गैरसरसकारी, व्यवसायी तथा सर्वसाधारणहरुले विद्युतीय गाडी खरिद गर्ने थालेका छन् ।

विद्युतीय गाडीप्रति बढ्दो आकर्षण

सरकारले विद्युतीय गाडीको आयातमा विभिन्न सहुलियत प्रदान गरेको छ । भन्सार, अन्तशुल्क, वीमा लगायतमा त्यस्ता सहुलियतको व्यवस्था गरेको हो । पेट्रोल र डिजेलको गाडी आयात गर्दा २४६ प्रतिशत भन्सार लाग्छ, भने विद्युतीय गाडीको आयातमा २४ प्रतिशत मात्रै भन्सार तिर्नु पर्छ । साथै वीमा शुल्क पनि पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीमा १५ प्रतिशत कम लाग्छ । त्यसबाहेक वार्षिक तिर्नु पर्ने सडक दस्तुर तिर्नु पर्दैन, प्रदुषण लगायत विभिन्न थप शुल्क बेहोर्नु पर्दैन । पेट्रोलियम गाडीमा सरह भन्सार, अन्तशुल्क, सडक दस्तुर लाग्ने हो भने ५८ लाख रुपैयाँ मूल्य पर्ने सोल इभीको मूल्य करोड नाघ्थ्यो ।

त्यो बाहेक विद्युतीय गाडी वातावरणमैत्री हुन्छ । ध्वनी, वायू प्रदुषण गर्दैन । खर्च कम गर्छ । पेट्रोलबाट चल्ने गाडीमा १ किलोमिटर बराबर करिब १२ रुपैयाँ पेट्रोल खर्च लाग्छ भने विद्युतबाट चल्ने गाडीको लागि प्रतिलिटर २ रुपैयाँ मात्रै चार्ज खर्च लाग्नेछ ।

यस्तो हुनेछ इलेक्ट्रिक गाडीमा विशेषता

गाडीमा अटोमेटिक गियर, ड्राइभ पावर स्ट्रेरिङ, क्रज कन्ट्रोल, भेन्टिलेशन सिट, इलेक्ट्रोनिक विण्डो, वुट स्पेस २५० लिटर, ग्राउण्ड क्लियरेन्स १६२ एमएम, ५ जना सहजै चढ्न सकिने लागयतको फिचर्सहरु रहेका छन् ।

त्यस्तै सेफ्टीमा ६ ओटा एयरब्याग, इलेक्ट्रीङ पार्किङ, इलेक्ट्रीक ब्रेक डिस्ट्रीब्युशन०, ट्रयाक्शन कन्ट्रोल, हिल एसिस्ट, पार्किङ सेन्सर लगायत छन् ।गाडीमा रियरभ्यू क्यामेरा, जेबीएल साउण्ड सिस्टम, यूएसबी भिडियो चलाउन सकिने व्यवस्था रहेकाे हुन्छ ।

गाडीमा २७ किलोवाटआवरको ब्याट्री भने ८१.४ किलोवाट पावरको मोटर जडान गरिएको छ । सामान्यतया १६ एम्पीयर पावर भएको विद्युतबाट गाडीको ब्याट्री फुल चर्ज गर्न १० देखि १२ घन्टामा लाग्छ भने डिसी फास्ट चार्जबाट ३३ मिनेटभित्रे फुल चार्ज भइसक्छ । ब्याट्र फुल चार्ज गर्नको लागि २७ युनिट विद्युत खपत हुने कम्पनीको भनाइ छ ।

कम्पनी अनुसार गाडीमा फुल ब्याट्री चर्ज गर्न करिब २७० रुपैयाँ खर्च लाग्छ । त्यसबाट गाडी १८० किलोमिटरसम्म गुडाउन सकिन्छ । त्यस हिसाबमा प्रतिकिलोमिटर करिब २ रुपैयाँ मात्रै विद्युत खर्च लाग्ने गरेको छ ।

Share News