२० हजार घुससहित मेकानिकल इञ्जिनीयर सरोजकुमार साह प्रक्राउ

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा कार्यरत मेकानिकल इञ्जिनीयर सरोजकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ सवारी दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै केही दिन अघि उनलाई पक्राउ गरिएको थियो । यस्तै गुलरिया नगरपालिका बर्दियामा कार्यरत सहायक इञ्जिनीयर रमेशकुमार गौतमविरुद्ध पनि आयोगले विशेष अदालतमा [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा कार्यरत मेकानिकल इञ्जिनीयर सरोजकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नयाँ सवारी दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै केही दिन अघि उनलाई पक्राउ गरिएको थियो ।

यस्तै गुलरिया नगरपालिका बर्दियामा कार्यरत सहायक इञ्जिनीयर रमेशकुमार गौतमविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्थानीय क्याम्पसको एक निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस मागेको अभियोग गौतममाथि लागेको छ । रासस

Share News