ओपो एफ९ स्मार्ट फोन भदौं १३ गते देखि नेपाली बजारमा

<p>काठमाडौं । ओपोको एफ९ स्मार्ट फोन भदौ १३ गतेदेखि नेपाली बजारमा आउने भएको छ । नयाँ सेल्फी एक्स्पर्ट एफ९ आईएनटीएम (ईन्डियाज् नेक्स्ट टप मोडल) सुपर मोडल सबिता कार्की र बुगीवुगी नेपाल संस्करणकी विजेता कविता नेपाली लगायतले अनवरण गर्नेछन् । कम्पनीले मोबाइल सार्वजनिक समारोहमा सहभागीताका लागि फेसबुकबाट ‘प्रोफाइल ब्याड्ज क्याम्पेन’ मार्फत १ जनालाई विजेता घोषणा गरेर [&hellip;]</p>

काठमाडौं । ओपोको एफ९ स्मार्ट फोन भदौ १३ गतेदेखि नेपाली बजारमा आउने भएको छ । नयाँ सेल्फी एक्स्पर्ट एफ९ आईएनटीएम (ईन्डियाज् नेक्स्ट टप मोडल) सुपर मोडल सबिता कार्की र बुगीवुगी नेपाल संस्करणकी विजेता कविता नेपाली लगायतले अनवरण गर्नेछन् ।
कम्पनीले मोबाइल सार्वजनिक समारोहमा सहभागीताका लागि फेसबुकबाट ‘प्रोफाइल ब्याड्ज क्याम्पेन’ मार्फत १ जनालाई विजेता घोषणा गरेर २ जनाका लागि पास उपलब्ध गराउने छ ।

एफ९ फोन वाटर ड्रप स्क्रिन डिजाइन सहितको पहिलो ह्याण्डसेट हो । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिनेछ ।
ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ः ९ वाटर ड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउनेछ ।
फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध हुनेछ ।

फ्लिप एलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहित ओपो एफ९ को डिजाइन आँखाका लागि आरामदायी हुने बताइएको छ ।

Share News