काठमाडौं । न्यूरोड । ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको नेपालको चर्चित मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले ग्राहकहरुको मागलाई ध्यानमा राखेर जुनसुकै ब्राण्डको मोबाइल फोनहरु सामसङको स्मार्टफोनसँग साट्ने एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।
कम्पनीले जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य १ हजारबाट शुरु हुने गरि मूल्यांकन गर्नेछ । त्यस्तै एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टी समेत उपलब्ध गराउनेछ भने कम्पनीबाट खरिद गरिएको फोन बिग्रीएमा घरबाटै पिकअप एण्ड ड्रपका साथै मर्मतको सुविधा दिनेछ ।
यसको साथसाथै कम्पनीले ग्लोबल बैंक, मेगा बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंकसँग सहकार्य गरि सो बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई समेत ६ महिना, १२ महिना, १८ महिनाको किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ ।
ईजी मोबाइल केयरका संचालक संजित पौडेलका अनुसार ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर किस्ताबन्दीको सुविधा काठमाडौं उपत्यका विभिन्न पसलहरुसँगको सहकार्यमा आधिकारिक च्यानल पार्टरहरु बिस्तार गर्दै आएको छ । र देशैभरी नै किस्ताबन्दी सेवा च्यानल पार्टरहरुसँग मिलेर बिस्तार गर्न लागेको छ ।
साथै, नोट नाइनको प्रि बुकिंग गर्न पनि सकिने छ । कम्पनीले १ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना सफलतापूर्वक संचालन गर्दै आईरहेको छ ।