पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले वृद्धि(सूचिसहित)

<p>काठमाडौं । पछिल्लो पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७०।७१ मा ३ खर्ब ५६ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो । त्यसको पाँच बर्षपछि अर्थात गत अािर्थक बर्ष २०७४।७५ मा राजश्वको आकार १०५.२८ प्रतिशत अर्थात ३ खर्ब ७५ अर्ब ४८ करोडले बढेर ७ खर्ब ३२ अर्ब १० करोड पुगेको [&hellip;]</p>

काठमाडौं । पछिल्लो पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७०।७१ मा ३ खर्ब ५६ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो । त्यसको पाँच बर्षपछि अर्थात गत अािर्थक बर्ष २०७४।७५ मा राजश्वको आकार १०५.२८ प्रतिशत अर्थात ३ खर्ब ७५ अर्ब ४८ करोडले बढेर ७ खर्ब ३२ अर्ब १० करोड पुगेको हो ।

पाँच बर्षको अवधीमा राज्य कोषमा राजश्व श्रोतबाट २५ खर्ब ८५ अर्ब ५४ करोड रुपैंयाँ जम्मा भएको हो । जुन लक्ष्य भन्दा जम्मा १.१८ प्रतिशतले मात्रै बढि हुन आउँछ । पाँच बर्षमा २५ खर्ब ४८ अर्ब ३४ करोड रुपैंयाँ राजश्व संकलन गर्ने लक्ष्य तय गरिएको थियो । भूकम्प र नाका बन्दीका कारण आर्थिक बर्ष २०७१।७२ मा भने राजश्व संकलनको लक्ष्य पुरा भएको थिएन् । सो बर्ष लक्ष्य ४ खर्ब २२ अर्ब ८९ करोड रुपैंयाँ थियो तर ४ खर्ब ५ अर्ब ८६ करोड मात्रै संकलन भयो ।

बाँकी सबै आर्थिक बर्षमा राजश्व संकलन लक्ष्य पुरा भएका छन् । आर्थिक बर्ष २०७३।७४ मा लक्ष्य भन्दा ७ प्रतिशत बढी राजश्व संकलन भएको छ । बाँकी बर्षहरुमा भने लक्ष्य भन्दा धेरै मात्रै बढि राजश्व संकलन भएको देखिन्छ । सरकारले चालु आर्थिक बर्षका लागि ९ खर्ब ४५ अर्ब ५५ करोडको राजश्व संकलन लक्ष्य निर्धारण गरेको छ । भदौं पाँच गतेसम्म ६३ अर्ब ६४ करोड राजश्व संकलन गर्ने लक्ष्य थियो । राजश्व सचिव शिशिर ढुंगानाले भदौ १ गतेसम्ममा ६२ अर्ब ८३ करोड संकलन गरिसकेको जानकारी दिए ।

उनले पहिलो महिनामै लक्ष्य भन्दा ३३ प्रतिशत बढि राजश्व संकलन गरिएकाले ९ खर्ब ४५ अर्ब ५५ करोडको लक्ष्य सहजै पुरा हुने बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकबाट संकलन गरिएको राजश्वको अधिकतम सदुपयोगको प्रत्याभूति दिलाउने बताएका छन् ।

Share News