काठमाडौं । नेपाली जुत्ता घर छैठौं बर्षमा प्रवेश गरेको छ । स्थापनाको ५ बर्ष पुरा गरेर छैठौं बर्ष प्रवेश गरेसँगै कम्पनीले बर्षै भरी बिशेष अफर ल्याउने भएको छ । असार र साउनमा समर सेल मेला सञ्चालन गरेको कम्पनीले भदौ महिनामा भने छैँठौं बर्ष गाँठका अवसरमा अर्काे अफर ल्याएको छ । ‘प्रत्येक महिना एउटा एउटा क्याम्पेन चलाउँछौं । असार र साउन महिनामा सेल मेला चलायौं, अब भदौंमा छौँठौ बार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरुलाई बिशेष छुट योजना ल्याएका हौं ।’, नेपाली जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने ।

नेपाली जुत्ता घरमा न्युनतम एक हजा मूल्यमा पनि छालाका जुत्ताहरु पाईन्छन् । उपभोक्ताले आफुले खरिद गर्ने जुत्तामा प्रयोग भएका कच्चा पदार्थहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् । भर्खरै बजारमा आएका जुत्ताहरुमा २० देखि ५० प्रतिशतसम्म छुट सुबिधा पनि उपलब्ध रहेको उपाध्यायले बताए । नेपाली जुत्ता घरमा खरिद गरिने हरेक जुत्ताहरुमा ६ महिना वारेन्टी पाइन्छ । नेपालमा उत्पादन हुने सबै किसिमका जुत्ता किन्न, हेर्न र अनुसन्धान गर्न पनि पाइन्छ । त्यस बाहेक नेपाली उत्पादन र नेपाली ब्राण्डका बारेमा जानकारी लिन पनि सकिन्छ ।
सबै नेपालीलाई नेपाली उत्पादन प्रयोग गराउने उदेश्यले ६ बर्ष पहिले सुरु भएको नेपाली जुत्ता घर अहिले जमल, बुद्धमल माछापोखरी, महाराजगंज चक्रपथ, अद्धैत मार्ग पुरानो बसपार्क, कुमारीपाटी ललितपुर र पोखरा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा विस्तार भैसकेको छ ।
नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्ड सहभागी छन् । लेदर विंग्सले ७५० रुपैंयाँमै छाला जुत्ता उपलब्ध गराईरहेको छ ।