काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले ८ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव राखेको हो ।
संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव राखेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।