नेपाल क्यान्सर सहयोग ग्रुपले भदौ १ मा ‘क्यान्सर सरभाईभर मिट’ गर्दै

<p>काठमाडौं। नेपाल क्यान्सर सहयोग ग्रुपले क्यान्सर पीडित बिरामीको लागि &#8220;क्यान्सर सरभाईभर मिट&#8221; गर्न लागेको छ। क्यान्सरलाई जित्न सफल मानिसहरुलाई ल्याएर उनीहरुको अनुभव साटासाट गराई क्यान्सर बिरामीको आत्मबल बढाउन र क्यान्सर रोग निको हुनसक्छ भन्ने उनीहरुलाई विश्वास दिलाउनको लागि कार्यक्रम संचालन गर्न लागेको संस्थाका उपाध्यक्ष दिलिप भट्टराईले बताए। उपचारपछि पनि क्यान्सर रोगीमा मानसिक र शारीरिक चुनौतीहरू [&hellip;]</p>

काठमाडौं। नेपाल क्यान्सर सहयोग ग्रुपले क्यान्सर पीडित बिरामीको लागि “क्यान्सर सरभाईभर मिट” गर्न लागेको छ।

क्यान्सरलाई जित्न सफल मानिसहरुलाई ल्याएर उनीहरुको अनुभव साटासाट गराई क्यान्सर बिरामीको आत्मबल बढाउन र क्यान्सर रोग निको हुनसक्छ भन्ने उनीहरुलाई विश्वास दिलाउनको लागि कार्यक्रम संचालन गर्न लागेको संस्थाका उपाध्यक्ष दिलिप भट्टराईले बताए। उपचारपछि पनि क्यान्सर रोगीमा मानसिक र शारीरिक चुनौतीहरू हुन सक्छन्। बिरामीको आत्मबल बढाउन र बिरामीको सकारात्मक सोचको लागि सरभाईभर मिट गराउन लागेको उनले बताए।

क्यान्सर सहयोग ग्रुपले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र १ गते नेपाल क्यान्सर अस्पतालमा उक्त कार्यक्रम हुने जानकारी दिएको हो।

विश्वमै फैलिएको डरलाग्दो क्यान्सर रोगको कारण हजारौं मानिसहरु मृत्‍युवरण गरिरहेका छन् र हजारौ मानिसले यसलाई लिएर बिभिन्न समस्याहरु झेलिरहेका छन्। नेपालमा पनि यसको प्रकोप बढ्दो रहेको र मानिसहरु अझै क्यान्सर निको हुँदैन भन्ने भ्रममा रहेको हुनाले यस्तो कार्यक्रमकाे आयोजना गराउन लागेको कार्यक्रम निर्देशक स्वरुपा श्रेष्ठले बताईन्।

उक्त कार्यक्रम भाद्र १ गते शुक्रबार नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा ११ बजे देखी हुँदैछ।

Share News