काठमाडौं । एनआईसी एशिया बैंकले धादिङ जिल्लामा ३ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले धादिङ्को खानीखोला, धार्के र महादेवबेशीमा तीन नयाँ शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो ।
उक्त खानीखोला र धार्के शाखाको उद्घाटन धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले र महादेवबेशी शाखाको उद्घाटन थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले गरेका छन् ।
यससँगै बैंकको शाखा संख्या २३७ पुगको छ । त्यस्तै, बैंकले २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।