पुर्व प्रवासी नेपाली श्रमिकहरुको लागि रिटर्णी माईग्रेन्ट नेपाल

<p>काठमाडौं। वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीहरुको सिपको कसरी नेपालमा उपयोग गर्ने भन्ने बिषयलाई लिएर रिटर्णी माईग्रेण्ट नेपालको नामको सस्थाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको छ। संख्यात्मक रुपमा पनि अोजिलो र विकास निर्माणमा प्रविधिक ज्ञान, सिप, ब्यब्सायिक अनुभव तथा धेरैथोर पुंजीहासिल गरेर स्वदेश फर्कीएका पुर्व प्रवसी नेपालीहरुको ठुलो समुह राज्यबाट चिनारी नहुँदा एकतर्फ राष्ट्र निर्माणको मुल प्रवाहबाट [&hellip;]</p>

काठमाडौं। वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीहरुको सिपको कसरी नेपालमा उपयोग गर्ने भन्ने बिषयलाई लिएर रिटर्णी माईग्रेण्ट नेपालको नामको सस्थाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको छ।

संख्यात्मक रुपमा पनि अोजिलो र विकास निर्माणमा प्रविधिक ज्ञान, सिप, ब्यब्सायिक अनुभव तथा धेरैथोर पुंजीहासिल गरेर स्वदेश फर्कीएका पुर्व प्रवसी नेपालीहरुको ठुलो समुह राज्यबाट चिनारी नहुँदा एकतर्फ राष्ट्र निर्माणको मुल प्रवाहबाट बाहिर रहने र अर्को तर्फ यो समुहको ब्यक्तिहरु अनुत्पादक हुन सक्ने, विदेशबाट फर्किएका नेपाली श्रमिकहरु बेरोजगार रहेको र बिभिन्न कारणले फेरी पनि विदेश फर्किनु बाध्य भएकोले यसलाई रोक्न आफ्नो संस्थाको स्थापना भएको संस्थाका अध्यक्ष उत्तम अधिकारिले बताए। नेपालभर रहेका बिदेशबाट फर्किनुभएका पुर्व प्रवासी श्रमिकहरुलाई आफुहरुले समेट्न चाहेको उनले बताए।

पुर्व प्र्वासी नेपालीहरुको हकहितको निमित्त खोलिएको उक्त संस्था १७ जनाको पहलमा खोलिएको र हाल उनिहरुसँग २००० को हाराहारिमा पुर्व प्र्वासी नेपालीहरु सम्पर्क रहेको उनिहरुले जानकारी दिए।

Share News