अपि पावरले धमाधम जलविद्युत आयोजना बनाउँदै, जडित क्षमता ७५ मेगावाट पुग्ने

<p>काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जलविद्युत र सोलार गरी ७५ मेगाावाट बिजुली उत्पादन गर्ने भएको छ । सुदुरपश्चिमको दार्चुलामा ८.५ मेगावाटको नौगाड आयोजना सञ्चालन गरिरहेको अपिले यो वर्षभित्र अर्को ८ मेगावाटको माथिल्लो नौगाड आयोजना सम्पन्न गर्ने भएको छ । यस्तै अपिले यो वर्षभित्र १८ मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने जानकारी दिएको छ । यस्तै [&hellip;]</p>

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जलविद्युत र सोलार गरी ७५ मेगाावाट बिजुली उत्पादन गर्ने भएको छ । सुदुरपश्चिमको दार्चुलामा ८.५ मेगावाटको नौगाड आयोजना सञ्चालन गरिरहेको अपिले यो वर्षभित्र अर्को ८ मेगावाटको माथिल्लो नौगाड आयोजना सम्पन्न गर्ने भएको छ ।

यस्तै अपिले यो वर्षभित्र १८ मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने जानकारी दिएको छ । यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना बनाउन तयारी थालेको छ । अपिले चमेलिया आयोजना बनाउन नेपाल विद्युत प्राधिकरणको विद्युत जडान सम्झौता (ग्रिड कनेक्सन) सम्झौता गरेको छ ।

चमेलिया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सव स्टेशनको १३२ के.भि. वसबारमा जडान गरिनेछ । ४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो । कम्पनीले हाल निर्माण गरिरहेको ८ मेगावटको अपर नौगाड जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

नीजि जलविद्युत क्षेत्रबाट देशको चरम लोडसेडिङ अन्त्य गर्न अपि पावर कम्पनीले महत्वपूण भूमिका खेल्दै आएको छ । अपीमा सर्वसाधारणको सेयर लगानी रहेको छ । यस्तै अपिले सोलार र चमेलिया आयोजना बनाउनका लागि लगानी जुटाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उसले हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

Share News