
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि भदौ १८ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभाबाट पारित भएपछि कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने छ ।
इष्टर्नले भोजपुरमा ५ मेगावाटको पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।