नागढुङगा-धुलीखेल मेट्रो रेलको अध्ययन गर्न ६ कम्पनी प्रारम्भिक छनौटमा

<p>काठमाडौं । नागढुङगा-धुलीखेल मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनका लागि ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका छन् । लगानी बोर्डले विस्तृत सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा २३ वटा कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका हुन् । ‘आवेदन दिएका २३ कम्पनीमध्ये ६ वटा प्रारम्भिक छनौटमा परेका छन्, तीमध्येबाट एउटा [&hellip;]</p>

काठमाडौं । नागढुङगा-धुलीखेल मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनका लागि ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका छन् ।
लगानी बोर्डले विस्तृत सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा २३ वटा कम्पनीहरुले आवेदन दिएका थिए ।
तीमध्ये ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका हुन् ।

‘आवेदन दिएका २३ कम्पनीमध्ये ६ वटा प्रारम्भिक छनौटमा परेका छन्, तीमध्येबाट एउटा कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी पाउनेछ’, लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने । बोर्डले जेठ ३ गते सार्वजनिक सूचना निकालेको थियो । बोर्डले अर्काे हप्ता ती कम्पनीहरुको विवरण सार्वजनिक गर्न तयारी अन्तिम चरणमा पुर्याएको हो ।

तीर्न ६ वटा कम्पनीहरुले बुझाएका थप विवरणहरुका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ । त्यसरी छनौट हुने कम्पनीले सम्भाव्यता भन्दा विस्तृत र डीपीआर भन्दा तल्लो स्तरको प्रतिवेदन तयार पार्नेछ । विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा सो रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइनेछ ।

लगानी बोर्डको बैशाख १५ गते बसेको बैठकले ४५ किलोमिटर लामो नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । लगानी बोर्डले राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल मेट्रो रेल बनाउन सकिने सिफारिस गरेको थियो ।

मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ । यसको कुल लागत १८० अर्ब पुग्नेछ । लगानी बोर्डले निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा मेट्रो रेल निर्माण गर्ने सोँच बनाएको छ ।

Share News