काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको छ । आर्थिक वर्षको अन्तिम दिनसम्म ७ खर्ब ३१ अर्ब ३७ करोड रुपैयाँ राजश्व संकलन भएको हो ।
केही जिल्लाबाट अझै विवरण आउने भएकाले यो रकम थप हुने अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए ।
सोमबार मात्रै सरकारले झण्डै १६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । आइतबारसम्म सरकारले ७ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
सरकारले गत आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य लिएको थियो । आर्थिक सर्वेक्षणमा ७ खर्ब २८ अर्ब रुपैयाँ मात्र राजश्व उठ्ने अनुमान गरिएको थियो ।