
भवानी राणा
काठमाडौं । नेपालीहरूकाे अाैषत अाम्दानी वार्षिक ८०० डलर हुँदा श्रमिककाे न्यूनतम अाम्दानी २१०० ताेकिएकाे छ । साेमबार सरकार, राेजगारदाता र ट्रेड यूनियनबीच श्रमिककाे न्यूनतम पारिश्रमिक १३ हजार ४५० रूपैयाँ ताेकिएकाे छ ।
श्रमिकको ३९ प्रतिशत तलब बृद्धि भएपछि उद्योगी व्यवसायी, रोजगारदाताहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
साेमबार श्रम मन्त्रालयमा अायाेजित पत्रकार सम्मलेनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा ठूला व्यवसायिक घरानाका प्रतिनिधिले ताेकिएकाे न्यूनतम पारिश्रमिक लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हरिभक्त शर्मा
श्रमिक उद्योगी एकै परिवारका सदस्य हुन्: भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले श्रमिक र उद्योगी एकै परिवारको सदस्य भएको बताएकी छिन् । श्रमिकलाई खुसी नपारीकन उत्पादन वृद्धि हुन नसक्नेमा राणाले जोड दिएकी छन् । श्रमिकको तलब बढाउन सहयोग गर्ने सबैमा शुभकामना दिदैं राणाले भनिन् अब नयाँ उर्जाका साथ सबैले देश विकासमा टेवा मिल्नेछ ।
‘८ सय डलर आम्दानी नभएको देशमा वार्षिक २१ सय डलर श्रमिकले पाउने कुरा राम्रो हो’ हरिभक्त शर्मा ।
अवसर खेर नफालौं: हरिभक्त शर्मा
न्यूनतम पारिश्रमिक कुनै ठूलो वहस नभएको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । ‘हाम्रो निम्ति ठूलो अवसर आएको छ । अब विवाद गर्ने बेला होइन । यस अवसर खेर नफालौं । ८ सय डलर आम्दानी नभएको देशमा वार्षिक २१ सय डलर श्रमिकले पाउने कुरा राम्रो हो, अध्यक्ष शर्माले भने ।

शेखर गाेल्छा
न्यूनतम पारिश्रम लागू गराउँछौं:शेखर गोल्छा
न्यूनतम पारिश्रमिक लागू गरेरै छाड्ने उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । उनले नेपालमा उद्योगी र व्यवसायीबीच उदाहरणिय सम्बन्ध रहेको बताए । ‘यो दर नेपाली उद्योगीका लागि सजिलो विषय होइन तर हामी पूर्ण रुपमा लागू गर्ने प्रयास गर्छौ’, गोल्छाले भने ।
उनी नेपाल उद्योग वाणिज्य महासंघकाे वेटिङ प्रेसिडेन्टका साथै नेपालमा निजी क्षेत्रबाट सबैभन्दा बढी राेजगारी दिन व्यवसायिक घराना गाेल्छा अर्गनाइजेशन भित्रका एक सदस्य हुन् ।
‘यो दर नेपाली उद्योगीका लागि सजिलो विषय होइन तर हामी पूर्ण रुपमा लागू गर्ने प्रयास गर्छौ’ -शेखर गाेल्छा
२० हजारले पनि श्रमिकलाई पुग्दैन: चन्द्रप्रसाद ढकाल

चन्द्रप्रसाद ढकाल
नेपालको महंगी अनुसार श्रमिकलाई २० हजारले पनि नपुग्ने उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘महंगी अनुसार श्रमिकलाई २० हजारले पनि पुग्दैन तर उद्योगको अवस्थाले मात्रै श्रमिकलाई १३ हजार ४ सय ५० तोकिएको ढकालले बताए । यसलाई कार्यन्वयन गर्न हामी तयार छौं’, ढकालले भने ।
‘महंगी अनुसार श्रमिकलाई २० हजारले पनि पुग्दैन तर उद्योगको अवस्थाले मात्रै श्रमिकलाई १३ हजार ४ सय ५० तोकिएको छ । यसलाई कार्यन्वयन गर्न हामी तयार छौं ‘-चन्द्रप्रसाद ढकाल
बैंकबाटै श्रमिकको तलब भुक्तानी गोकर्ण विष्ट
श्रम तथा रोजगार मन्त्री गोकर्ण विस्टले अब बैंकबाटै श्रमिकलाई भुक्तानी दिन रोजगार दाताहरुलाई निर्देशन दिएका छन् । न्यूनतम पारिश्रमिक निर्णयमा मात्रै सीमित हुन नदिने बताउँदै विष्टले अब तिब्र अनुगमन गर्ने बताए ।