मजदुरको तलब १३४५० रुपैंयाँः बैंकबाट भुक्तानी, मन्त्रालयमा विवरण बुझाउनुपर्ने

<p>काठमाडौं । उद्योग बाणिज्य महासंघ भित्र व्यापक असन्तुष्टिका बिच साउन १ गतेदेखि मजदुरहरुको न्युनतम पारिश्रमिक १३४५० रुपैंयाँ बनाउने सहमति पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको उपस्थितीमा उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्श र ट्रेड युनियनका प्रतिनिधीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा काँग्रेस निकट ट्रेड [&hellip;]</p>

काठमाडौं । उद्योग बाणिज्य महासंघ भित्र व्यापक असन्तुष्टिका बिच साउन १ गतेदेखि मजदुरहरुको न्युनतम पारिश्रमिक १३४५० रुपैंयाँ बनाउने सहमति पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको उपस्थितीमा उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्श र ट्रेड युनियनका प्रतिनिधीहरुले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा काँग्रेस निकट ट्रेड युनियन काँग्रेसका प्रतिनिधीले भने हस्ताक्षर गर्न अस्विकार गरेका छन् । हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै श्रम मन्त्री गोकर्ण बिष्टले औपचारिक क्षेत्रका मजदुरहरुको तलब भुक्तानी बैंक खाताबाट गरेर त्यसको विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिए । अनौपचारिक क्षेत्रका दैनिक ज्यालादारी मजदुरहरुको प्रति घण्टा ज्याला ७० रुपैयाँ तोकिएको छ ।

Share News