काठमाडौं । उद्योगी र ट्रेड युनियनका नेताहरुबिच साउन १ गतेदेखि मजदुरहरुको न्युनतम तलब १३ हजार ७ सय बनाउने सहमति नजिक पुगेका छन् ।

आइतबार बिहानै देखि उद्योगी, ट्रेड युनियन प्रतिनिधी र सरकारी पक्ष सम्मिलित न्युनतम पारिश्रमिक निर्धारण समितिको बैठकमा उनीहरु सहमति नजिक पुगेका छन् ।
यद्यपी हालसम्म उद्योगहरुले भने हाल कायम रहेको ९ हजार ७ सय तलबमा ३ हजार ४ सय रुपैंयाँ बढाउन सकिने बताईरहेका छन् । तर अन्तिममा हाल कायम रहेको तलबमा ४ हजार वृद्धि गरेर १३ हजार ७ सय रुपैंयाँ बनाउने सम्भावना रहेको समितिका एक सदस्यले विकासन्युजलाई जानकारी दिए ।