काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले श्रम तथा रोजगार मन्त्रालयलाई युवा बेचबिखन मन्त्रालय नामाकरण गर्नुपर्ने धारणा राखेका छन् ।
संसदमा आफ्ना धारणा राख्दै सुवालले भने–श्रम तथा रोजगार मन्त्रालयको साटो वैदेशिक रोजगार वा युवा बेचबिखन मन्त्रालय राख्दा हुन्छ ।
उनले नेपाली युवाहरुलाई खाडीमा लगेर बेच्ने युवा बेचबिखन गर्ने मेनपावर कम्पनीबाट मन्त्री र सचिवसम्मलाई घुस आउने हो र ? भनेर समेत प्रश्न गरेका छन् ।