काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाले निःशुल्क आँखा शिविर कार्यक्रम आयोजित गरी सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गीता आँखा अस्पतालको समन्वयमा उक्त कार्यक्रम ओयोजना गरेको थियो ।

शिविरमा करिब २१० जनाको आँखा परीक्षण गरिएको थियो साथै निहित समस्या उपचारार्थ निःशुल्क औषधी समेत वितरण गरिएको थियो । सामान्य आँखाको समस्यालाई ध्यान नदिँदा त्यसले जटिल समस्या निम्त्याउने कुरालाई प्रस्ट पार्दै बैंकका शाखा प्रबन्धक पहलमान ठकुल्लाले समयमा नै आँखा परीक्षण गर्नुपर्ने कुरालाइ जोड दिएका छन् ।
साथै, बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।