एनआईसी एशिया क्यापिटलले शुरु गर्यो मोबाइल एप सेवा, खाताको जानकारी लिन सकिने

<p>काठमाडौं । एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको शुरुवात गरेको छ । क्यापिटलले लगानीकर्तालाई डिम्याट खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त होस् भन्ने उद्देश्यले उक्त एप सेवाको शुरु गरेको हो । यस मोबाइल एप मार्फत प्रयोगकर्ताले एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्य(एनएभी)को जानकारी, नेप्से बजार रिपोर्टका साथै संस्थाले प्रदान गर्दै आएको सम्पूर्ण सेवाका बारेमा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको शुरुवात गरेको छ । क्यापिटलले लगानीकर्तालाई डिम्याट खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त होस् भन्ने उद्देश्यले उक्त एप सेवाको शुरु गरेको हो ।

यस मोबाइल एप मार्फत प्रयोगकर्ताले एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्य(एनएभी)को जानकारी, नेप्से बजार रिपोर्टका साथै संस्थाले प्रदान गर्दै आएको सम्पूर्ण सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

सो एनआईसी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निःशुल्क उपलब्ध हुने भएको छ । यस एप्पमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूलक सेवाहरु प्रविष्ट गर्दै जाने क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले जानकारी गराएका छन् ।

 

Share News