रवि लामिछानेको झुटो दावी टिकेन, अमेरिकी नागरिकता र राहदानी परित्याग गर्न अमेरिकी दूतावासमा निवेदन दर्ता

<p>काठमाडौं । पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्याग सम्बन्धी निवेदन अमेरिकी सरकारलाई बुझाएका छन् । विगत ४ वर्षदेखि नेपालको अध्यागमन कानुन, श्रम कानुन, प्रेस कानुन उल्लंघन गर्दै आएका लामिछाने माथि आवश्यक कारबाही गरियोस् भनी प्रेस काउन्सिल नेपालमा परेको उजुरीमाथि छानबिन अगाडि बढेपछि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्याग गर्न निवेदन गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्याग सम्बन्धी निवेदन अमेरिकी सरकारलाई बुझाएका छन् । विगत ४ वर्षदेखि नेपालको अध्यागमन कानुन, श्रम कानुन, प्रेस कानुन उल्लंघन गर्दै आएका लामिछाने माथि आवश्यक कारबाही गरियोस् भनी प्रेस काउन्सिल नेपालमा परेको उजुरीमाथि छानबिन अगाडि बढेपछि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्याग गर्न निवेदन गरेका हुन् ।

न्यूज २४ मा कार्यरत रहँदाका बखत उनीद्वारा प्रसारित कार्यक्रमबारे परेका दुईवटा उजुरीको छानबिनका क्रममा २०७४ चैत २३ गते स्पष्टीकरण सोधिंदा उनले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको झूठो दाबीसहित प्रेस काउन्सिललाई २०७५ बैशाख ६ गते लिखित जवाफ दिएको प्रेस काउन्सिलले जनाएको छ ।

त्यसपछि पनि लामिछानेले सामाजिक सञ्जालमार्फत् अशिष्ट, अपुष्ट र आपत्तिजनक टिप्पणीहरु प्रेस काउन्सिलका सन्दर्भमा पोष्ट गर्दै आएपछि काउन्सिलले उनको नेपाल बसाई र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायहरुमा २०७५ असार ४ गते पत्राचार गरेको थियो । त्यसको ४८ घण्टा नबित्दै २०७५ असार ६ गते निज लामिछानेले आफूले अमेरिकी दूतावासमा २ लाख ५८ हजार ५०० दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागलाई निवेदन दिएका छन् ।

नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उनको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उनलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पुर्याउन निर्देशन दिएको छ ।

Share News