नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । संस्थाले साउन १ गतेदेखि लागू हुुने गरी काठमाडौंको टेकुमा रहेको आरविवि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो सम्बन्धी असार ६ गते दुई संस्थाबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतपत्रमा नेरुडे लघुवित्तको तर्फबाट प्रबन्ध संचालक सुधिर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । यससँगै संस्थाको सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य आरबिबि मर्चेन्ट मार्फत हुने भएको छ । आरबिबि मर्चेन्ट बैकिङ्ग लि. राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो ।
राताम्मे बजारमा एनटीसीसहित १७ कम्पनीको सेयर मूल्य बढ्यो, नारायणीको मूल्यमा सर्किट
काठमाडौं । उच्च गिरावट देखिएको मंगलबारको बजारमा पनि १७ कम्पनीको सेयर मूल्य बढेको छ । २२७ कम्पनीको कारोबार भएको बजारमा १७ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको सेयर सर्किट लेभलमा कारोबार भएको छ । ७१ अंकले घटेकोे घटेको बजारमा पनि बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ७१७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँले बढी हो । कम्पनीले हकप्रद जारी गर्ने प्रकृया अघि बढाएसँगै लगानीकर्ता एकाएक संस्थाको सेयरमा झुम्मिएका हुन् । संस्थाले हिजो मात्रै शतप्रतिशत हकप्रद जारी गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । बाेर्डले स्वीकृति दिएसँगै संस्थाले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छ । त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर मूल्य ४.३३ प्रतिशतले बढेर ७१७ रुपैयाँ पुगेको छ । एनटीसीको सेयर मूल्य १.७३ प्रतिशतले बढेर प्रतिकित्ता १२९४ रुपैयाँ पुगेको छ । र, बरुण हाइड्रोको सेयर मूल्य १.५६ प्रतिशतले बढेर प्रतिकित्ता ५२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सेयर बजार राताम्मे: एकैदिन २.४६ प्रतिशतले घट्यो नेप्से, साढे ११ अर्बको कारोबारमा पुनर्बीमा कम्पनीको उच्च सोमबार विभिन्न १० वाणिज्य बैंकको ऋणपत्रको सेयर मूल्य बढेको छ । १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५, १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३, १० प्रतिशत नबिल डिबेन्चर २०८२, १० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६, १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४, १०.२५ प्रतिशत सनराइज बैंक डिबेन्चर २०८३, १०.२५ प्रतिशत ग्लोबल आईएमई बैंक डिबेन्चर २०८०/८१, ११ प्रतिशत एनआईसी एशिया डिबेन्चर ०८२/८३, ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स डिबेन्चर २०८५ र ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ को सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ । त्यसैगरी, म्युचुअल फण्डमध्ये ३ वटाको इकाई मूल्य सामान्य प्रतिशतले बढेको छ । जसमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी म्युचुअल फण्डको इकाई मूल्य १.८९ प्रतिशतले बढेर प्रतिइकाई १३.४५ रुपैयाँ पुगेको छ । त्यस्तै, कुमारी इक्विटी फण्डको १.७६ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ०.६० प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा २२७ कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये पोखरा फाइनान्स र यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य क्रमशः ९.२६ र ९.१२ प्रतिशतले घटेको छ । त्यस्तै, बाँकी कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ प्रतिशतभन्दा कमले घटेको छ ।
प्रभु सेलेक्ट फण्ड सूचीकृत, भोलिदेखि किनबेच गर्न पाइने
काठमाडौं । प्रभु क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको प्रभु सेलेक्ट फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(असार ७ गते) नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । नेप्से र प्रभु क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो । यससँगै उक्त फण्ड भोलि मंगलबार अर्थात असार ८ गतेदेखि दोश्रो बजारमा कारोबार शुरु हुने छ । जसको लागि नेप्सले ‘पीएसएफ’ सिम्बोल दिएको छ । उक्त फण्ड बाँडफाँड भएकाे एक महिना नबित्दै दाेश्राे बजारमा सूचीकृत भएकाे हाे । क्यापिटलले हालै जारी गरेकाे १ अर्ब २५ करोड रुपैयाँको उक्त फण्ड गत जेठ १४ गते मात्र बाँडफाँड भएकाे थियाे । सम्बन्धित समाचार ८२ हजार बढीले पाए प्रभु सेलेक्ट फण्डको इकाई, यसरी हेर्न सकिन्छ नतिजा