लाभांश पारित गर्न नेपाल एग्रो लघुवित्तले बोलायो वार्षिक साधारणसभा, इन्फिनिटीले प्राप्ती गर्दै
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आगामी असार २१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले आफ्नो पाचौं वार्षिक साधारणसभा बिहान ९ बजे पोखराको न्यूरोडस्थित सिटिस्क्वेयर प्रा.लि.मा गर्न लागेको हो । उक्त सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८०१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, सभाले संस्थापक तर्फबाट ४ जना सञ्चालकलाई निर्वाचन गर्ने भएको छ । साथै, सभाले नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले प्राप्ती गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाको असार ८ गतेदेखि असार २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । हाल प्राप्ती गर्ने प्रकृयामा रहेकोले दोश्रो बजारमा यो संस्थाको सेयर कारोबार रोक्का रहेको छ । सम्बन्धित समाचार इन्फिनिटी लघुवित्तले डाक्यो विशेष साधारणसभा, असार ८ गते बुक क्लोज
एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्डमा असार १० गतेदेखि आवेदन दिन पाइने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले आगामी असार १० गतेदेखि एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । बन्दमुखी प्रकृतिको योजना रहेको उक्त फण्डको अवधि ७ वर्षको रहेको छ । उक्त फण्डमा इच्छुकले न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । उनीहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभएमा आगामी असार २४ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएको छ ।
जीवन विकास लघुवित्तले आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । बोर्डले कम्पनीलाई जेठ ३० गते एक सय रुपैयाँ अंकित दरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ जारी गर्नको लागि अनुमति दिएको हो । यससँगै माइक्रोफाइनान्स समूह अन्तर्गतको यस संस्थाले बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत चुक्ता पुँजीको ३२.५० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । सो मात्राको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ नाघ्ने छ । त्यस्तै, संस्थालाई आईपीओ निष्काशन गर्न इक्रा नेपालले ‘इक्राएनपी(आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ ।