मनकामना स्मार्टको आईपीओ निष्काशन बन्द, पर्यो ८० गुणा बढी आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन तथा बिक्री बन्द भएको हो । गत असार १७ गतेदेखि निष्काशन खुला भएको उक्त आईपीओमा आवेदन दिने म्याद आज(असार २१ गते)देखि निष्काशन बन्द भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आईपीओ २० लाख बढीले आवेदन दिएका छन् । अन्तिम दिन साँझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार कूल २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ०५० कित्ता सेयर माग गरेका छन् । उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा गुणा बढी हो । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ७९.९७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो । यद्यपि उक्त तथ्यांक भने अन्तिम नभएको र यसमा घटबढ हुन सक्ने क्यापिटलले जानकारी गराएको छ ।

दुई लघुवित्तको पौने २४ लाख बोनस सेयर सूचीकृत

काठमाडौं । आज (असार २१ गते) सोमबार दुई लघुवित्त वित्तीय संस्थाको कूल २३ लाख ७३ हजार ४२१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । निर्धान उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको गरी एकैदिन सो मात्राको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये निर्धन उत्थानको सबैभन्दा बढी अर्थात १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाको १९ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसैगरी, स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत अर्थात ४ लाख ५३ हजार ४२१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, यी दुबै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

नेपाल र ललितपुर फाइनान्सबीच असार २७ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सबीच आगामी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । ललितपुरलाई प्राप्ति गरेसँगै नेपालले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने भएको हो । सो सम्बन्धमा नेपाल राष्ट्र बैंकले गत असार १५ गते नै संस्थालाई स्वीकृति दिएको थियो । त्यसपछि कम्पनी रजिष्ट्रारले असार १८ गते गाभ्ने स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबारको मिति तय गरेको हो ।