काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी खल्ती एपबाट गर्न सकिने
काठमाडौं । अब काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्दा ढिला भइ जरिवाना तिर्नुपर्ने समस्यालाई मध्यनजर गर्दै डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको काठमाडौं उपत्यका खानेपानीले जनाएको छ । त्यति मात्र नभएर खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । ‘खल्ती’बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिनेछ ।
टेलिकमले ल्यायो भ्यालेन्टाइन डे विशेष अफर
काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस भ्यालेन्टाइन डे– को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको छ । यो अफर आज र भोलि अर्थात फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । सो अफर अन्तर्गत मात्र ४९ रुपैयाामा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बाे अफर’ ग्राहकले पाउनेछन् ।*१४१४*११* डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी ग्राहकले सो सुविधा खरिद गर्न सक्नेछन् । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बाेनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।
सतुङ्गलमा डिशहोम फाइबरनेटको सह-वितरक शोरुम उद्घाटन
काठमाडौं । डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरक शोरुमको उद्घाटन गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ । २ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मदत गर्ने ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कका सञ्चालक सरोज लामिछानेले बताए ।