भिभोले रगं परिवर्तन हुने ग्लास फोन ल्याउँदै, यस्ता छन् विशेषता

काठमाडौं । भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार भि२३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ । टिपस्टरहरूले भि२३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउने जनाएको छ । भि श्रृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ । यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफी प्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुने जनाएको छ । भिभो भि२३ फाइभजी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटोफोकस पोट्रेट सेल्फी सुविधाको साथ सुसज्जित हुनेछ । उद्योगको अग्रणी फ्रन्ट क्यामेरा भएको यस स्मार्टफोनले स्पष्ट, स्थिर र उज्यालो तस्बिर मात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको सुविधा हुनेछ । भिभोले पहिले नै मोबाइल फोटोग्राफीलाई समर्थन गर्ने ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ, त्यसैले आगामी भि सिरिजको स्मार्टफोनले उपभोक्ताहरूमाझ हलचल मच्चाइरहेको छ । भि२३ फाइभजीले ब्रान्डलाई स्मार्टफोन उत्साहीहरूका बीच यसको अद्भूत विशेषताले गर्दा अग्रगामीको रूपमा स्थान दिने कम्पनीको विश्वास छ । भि२३ फाइभजीले उच्च स्तरको फ्रन्ट क्यामेरा प्रणालीको साथ मोबाइल फोटोग्राफीको भविष्यलाई उत्थान गर्न गइरहेको छ । यसको मूल्य भने हालसम्म खुलाइएको छैन ।

यस्ता छन् शाओमीको नयाँ वर्ष अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको टेलिभिजन जित्न सक्नेछन् । प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँ वर्षलाई ध्यानमा राखेर शाओमीले “मि मा डबल मज्जा” अफर ल्याएको हो । यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्ने एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४० इन्चको टेलिभिजन जित्नेछन् । अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागू हुनेछ ।

टेलिकमको प्रबन्ध निर्देशकका लागि ९ जनाको नाम सर्टलिष्टमा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि ९ जनाको नाम छनाेट भएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै ९ जनाकाे नाम सर्टलिष्टमा राखेकाे हाे । मन्त्रालयले रिक्त रहेको प्रबन्ध निर्देशकका लागि गत मंसिर २२ गते सूचना सार्वजनिक गरेको थियो । सूचना अनुसार आएका आवेदनमध्येबाट ९ जनाको नाम सार्वजनिक गरेकाे हाे । मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार गोरखा सिराञ्चोकका अर्जुृनबाबु ढकाल, काठमाडौंका अमलेन्दु नारायण सिंह, गन्यापधुरा डडेल्धुराका दीपक बहादुर शाही, काठमाडौंका नगेन्द्रकुमार दास, सिद्धार्थनगर रुपन्देहीका प्रदीपराज उपाध्याय, काठमाडौं टोखाका बुद्धिप्रसाद अचार्य, खैरेनिटार तनहुँका सुनिल पौडेल, महालक्ष्मी ललितपुरका सुरजसिंह थापा र काठमाडौंकी संगीता पहाडी अर्याल छनोट भएका हुन । छनोटमा परेकामध्ये संगीता पहाडी र सुरजसिंह थापा टेलिकमका कर्मचारीहरु हुन । यस्तै, आचार्य टेलिकमका पूर्व प्रबन्ध निर्देशक हुन भने दास र उपाध्याय पूर्व कर्मचारी हुन । यस्तैगरी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका सुनिल पौडेल, काठमाडौं उपत्यका खानेपानी संस्थानका पूर्व प्रमुख अर्जुनबाबु ढकाल र त्रिभुवन विश्वविद्यालयको सूचना प्रविधि तथा इनोभेसन सेन्टरका पूर्व प्रमुख दीपक बहादुर शाही रहेका छन् । टेलिकम गएको पुस २२ देखि नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीको कार्यकाल सकिन लाग्दै गर्दा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको भएतापनि अदालतमा रिट दायर भएसँगै रोकिएको थियो । टेलिकम प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन गर्दै सीमित व्यक्तिलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो । बुधबार सर्वोच्च अदालतले प्रबन्ध निर्देशक नियुक्तिको विषयमा परेको रिट खारेज गरेसँगै मन्त्रालयले नाम सार्वजनिक गरेको हो । छनोट भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा जानेछ । सिफारिसका आधारमा तीन जनामध्येबाट सरकारले एक जनालाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्नेछ ।