लाभांश पारित गर्ने शिवम् सिमेन्टले पुस २९ गते बोलायो साधारण सभा
काठमाडौं । शिवम सिमेन्टले साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गतेको लागि साधारण सभा बोलाएको हो । साधारण सभाले कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांश सभाबाट पारित गर्ने जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, सभाले आगामी ४ वर्षे कार्यकालको लागि ५ जना संचालकहरुको निर्वाचन गरी संचालक समिति गठन गर्ने जनाएको छ ।
फरवार्ड लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सेञ्चुरी बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएका हो । नेप्सेले प्रतिकित्ता १७६.६१ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य १८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यका आधारमा सोमबार नेप्सेमा कारोबार हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पौष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे वार्षिक साधारण सभा बोलाएको छ ।