थ्रीस्टारको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओमा आयोजना प्रभावित स्थानिय वासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैशाख ११ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित स्थानियले आज जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानिय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा स्थानीयले ४ लाख ९२ हजार ५ सय कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीया लगानीकर्ताले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कुथेली बुखरी स्मल हाइड्रोले जेठ १९ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत स्थानिय बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयर १० वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख २१ हजार ८६८ कित्ता सेयर दोलखाको कालिञ्चोक गाउँपालिका ९ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडा) र भिमेश्वर नगरपालिका १ का (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा) स्थानिय बासिन्दालाई बिक्री गर्नेछ । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १२ लाख १८ हजार ६ सय रुपैयाँ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ हजार १८६ कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छटोमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ढिलोमा असार १७ गतेसम्म समय दिइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
धितोपत्र बोर्डले ७ कम्पनीलाई दियो नयाँ ब्रोकर लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेके छ । हालै नयाँ ब्रोकर लाइसेन्सको आशय पत्र (एलओआई) पाएका ७ कम्पनीले लाइसेन्स पनि प्राप्त गरेका हुन् । बोर्डले एलओआइ दिएका ४३ कम्पनीलाई पूर्वाधार निर्माण र कर्मचारी लगायतका संरचना तयार पार्न आशय पत्र प्रदान गरेको थियो । जसमध्ये पूर्वाधार लगायतका संरचना तयार ७ कम्पनीलाई लाइसेन्स दिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालय ब्रोक्रेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, सेयर प्रो सेक्युरिटी र प्रोपर्टी विजार्ड– सीमित कार्य गर्ने धितोपत्र कार्य गर्ने कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका हुन् । यी सबै कम्पनीले सीमित कार्य गर्ने गरि लाइसेन्स पाएका हुन् ।