मुड्खु भञ्ज्याङको भ्यूटावरबाट देखिएको काठमाडौंको दृश्य (तस्बिरहरू)

काठमाडौं । मुड्खु भञ्ज्याङको भ्यूटावरबाट काठमाडौंको दृश्य रमाइलो देखिएको । शनिबार मौसम खुलेसँगै सहर सफा र चम्किलो देखिन थालेको छ । जेनजी आन्दोलनले काठमाडौंका प्रमुख सार्वजनिक स्थलहरूमा आगोले क्षति पुर्‍याएको भए पनि, भ्यूटावरबाट हेर्दा सहर शान्त, व्यवस्थित र रमणीय देखिएको छ । वरिपरिको पहाड, हरियाली र राजधानीका ऐतिहासिक संरचनाहरूले अझ मनमोहक बनाएको छ ।

यसरी चिटिक्क पारियो नयाँ प्रधानमन्त्री बस्ने कार्यकक्ष {फोटोफिचर}

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि सिंहदरबारमा कार्यकक्ष तयार गरिएको छ । शुक्रबार दिनभर नयाँ प्रधानमन्त्री बस्ने कार्यकक्षा तयार गरिएको हो ।  जेनजीको प्रदर्शनकारीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेपछि गृहमन्त्रालय रहेको भवनमा प्रधानमन्त्रीको कार्यकक्ष तयार गरिएको हो ।  प्रधानमन्त्रीको कार्यकक्षका लागि कुर्सी, सोफा र टेबलहरु चिटिक्क पारेर राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीहरुबीच शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । उनी आजै राति प्रधानमन्त्रीमा नियुक्त हुँदैछिन् । त्यस लगत्तै राष्ट्रपछि पौडेलले प्रतिनिधिसभा विघटन गर्दैछन् । 

बग्गीखाना ध्वस्त, सबै कागजात जले (फोटो फिचर)

काठमाडौं । जेनजी आन्दोलनको क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना जलेर ध्वस्त भएको छ । मंगलबार प्रदर्शनका क्रममा बग्गीखानमा ट्राफिक प्रहरी कार्यालय भवनलगायत विभिन्न  सवारीसाधनहरूमा आगजनी गरेसँगै ठूलो क्षति पुगेको छ ।  यस्तै, कार्यालयमा रहेका सबै कागजातहरु जलेर ध्वस्त भएका छन् । आन्दोलनमा प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुर्याएका छन् ।