आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त
काठमाडौं । आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन् । मंसिर ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै उनले आगामी ४ वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
महुली लघुवित्तको सीईओमा गंगाधर पाण्डे, सञ्चालक समितिमा ६ जना नियुक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गंगाधर पाण्डे नियुक्त भएका छन् । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैंठकले मंसिर ८ गतेदेखि नै लागू हुने गरी पाण्डेलाई आगामी ४ वर्ष अर्थात २०८१ साल मंसिर ७ गतेसम्मको लागि संस्थाको सीईओ पदको जिम्मेवारी दिएको हो । साथै, बैठकले अध्यक्ष प्रभु नारायण चौधरीसहित ६ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको अध्यक्ष पदमा प्रभु नारायण चौधरी, सञ्चालकमा कमल प्रसाद बस्याल, भानुभक्त निरौंला, रोशन कुमार मंडर, केशव प्रसाद भण्डारी र सर्मिला राई छन् । बैंठकले संस्थाको आगामी साधारण सभा नभएसम्मको लागि उक्त ६ सदस्यीय समिति चयन गरेको हो । महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्ज भई महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु भईसकेको छ ।
सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकारमा गुरागाईँ नियुक्त
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइँ सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका छन् । उनी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको विशेष सल्लाहारमा नियुक्त भएका हुन् । कोषको सचिवालय समितीको निर्णय अनुसार उनलाई विशेषज्ञ सल्लाहकारमा नियुक्त गरिएको कोषले जानकारी दिएको छ । कोषकाे सचिवालय समितिले असोज १४ गते गरेको निर्णय अनुसार उनी विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका हुन् । गुरागाईँ सहकारीकर्मी तथा चार्टर्ड एकाउन्टेन्ट हुन् ।