दिल्लीले अनुमति नदिँदा उड्नै लागेको एयरवस रोकियो, १०४ जना यात्रु बोकेर एक घण्टा पर्खियो
काठमाडौं १२, असोज । दिल्लीले अनुमति नदिँदा वायुसेवा निगमको विहान ११ साढे नौ बजेको जहाज १ घण्टा भन्दा बढी समय रोकिएको छ । निगमको आरए २०५ उडान नम्बरको जहाज ११ बजे उडान तालिका भएपनि मंगलबार बेलुका दुवाई रद्द भएपनि बुधबार विहान दुई घण्टा अगाडि नै दिल्ली जाने तयारीमा थियो । उडान सयम दुई घण्टा अगाडि सारेर ९ बजे नै उडान गरेको भएपनि अनुमति नलिएको भन्दै दिल्लीले रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमको यो जहाजले यात्रु राखेर ट्याक्सी वे बाट धावनमार्गमा जानै लाग्दा दिल्लीको अनुमति नआएको र ११ बजेको निर्धारित समयमा नै उड्नुपर्छ भनेपछि एक घण्टा भन्दा बढी समय यात्रु जहाजमै राखेर प्रतिक्षामा बसेको हो । ११ बजेपछि मात्रै उडान गर्ने अनुमति पाएपछि जहाजले १०४ जना बोकेर दिल्ली गएको स्रोतले जानकारी दिएका छ । निगम स्रोतका अनुसार ११ बजेलाई अनुमति लिएको जहाज निर्धारित समय भन्दा छिटो उडाउन खोजिएको भन्दै रोकिएको उल्लेख छ । निगमको यो जहाज ठीक ११ बजे दिल्ली उडेको छ ।
चिनीयाँ जहाज एक वर्षपछि उड्न तयार, उडानसमय भन्दा ग्राउण्डेड धेरै
काठमाडौं १२, असोज । एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा चिनियाँ जहाज बल्ल नियमित उडानमा फर्कने भएको छ। निगमसँग रहेको १७ सिट क्षमतायुक्त ‘वाइ १२ ई’ सिरिजको एक मात्र जहाजका लागि चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनी लिमिटेडबाट प्रशिक्षक पाइलट पेनिटा आएपछि बुधबारबाट नियमित उडान भर्न लागेको हो। ‘लामो प्रयासपछि वाइ १२,ई जहाजले बुधबारबाट नियमित उडान गर्नेछ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार भने,‘ चीनबाट एक जना प्रशिक्षक पाइलट आएपछि जहाज उड्न तयार भएको हो। हामीसँग वाई १२ ईका १० जनाको पाइलट भए पनि प्रशिक्षक पाइलट थिएनन्, त्यही भएर जहाज एक वर्षदेखि थन्किएको हो।’ उनका अनुसार प्रशिक्षक पाइटल पेनिटालाई ३ महिनाका लागि करारमा नियुक्त गरिएको छ। उनले यही जहाज उडाउने को पाइलटलाई निश्चित घन्टा उडाएपछि पाइलट बनाउनेछन्। समाचार स्रोतः नागरिक दैनिक ।
१५ वर्षसम्म भातसँगमात्रै पेट्रोलियम पदार्थ लिनुपर्ने, चीनसँगको सम्झौता कार्यान्वयन चुनौतिपूर्ण
काठमाडौं १२, असोज । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ । रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको छ । भारतीय नाकाबन्दीका बेला नेपालमा पेट्रोलियम पदार्थको विकल्प खोज्ने निर्णय भएको थियो । तत्कालिन केपी ओली सरकारले चीनसँग पारबहन सम्झौता गर्दै त्यसका लागि बाटोसमेत खोलेको थियो । नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन आइओसी का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन् । आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने अस्वीकार गरेको समाचार बुधबारको नागरिक दैनिकमा छापिएको छ ।