रिलायन्स लाईफले ल्यायो बालजीवन योजना, बच्चाको दिर्घकालीन आर्थिक सुरक्षा गर्ने
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ वर्षको अवसरमा “मेरो मुटु बालजीवन बीमा” योजना अघि ल्याएको छ । एक महिनाको उमेर देखि नै बच्चाको बीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैसाथ हुनु यस योजनाको विशेषता हो । यस योजनाले बच्चाको दिर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्नेछ । यस योजनामा परिपक्वतामा पाइने सुविधाहरुका साथै बीमा अवधिभरी प्रस्तावकको कुनै पनि कारणले मृत्यु वा दुर्घटनामा परिस्थायी अशक्तता भएमा सो घटना पश्चातको बाँकी सबै बीमा शुल्क मिनाहा हुनेछ । साथै बीमांक रकमको १ प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा बीमाअवधी भरी हरेक महिना प्रदान गरिने छ जसले गर्दा बच्चाको भविष्य निर्माणमा विशेष मद्दत पुग्नेछ । यस बीमा योजनाको सञ्चालनसँगै कम्पनीले जम्मा ५ वटा जीवनबीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ । हाल यस इन्स्योरेन्सको कूल पूंजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पूंजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बाँकी रहेको ६३ करोड रुपैयाँको साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिनेछ ।
अन्जन भण्डारी यो वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता, सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल
काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा रहेका छन् । लाईफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान बनाउन सफल भएका हुन् । भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भईसकेका छन् । उनले यो वर्षपनि एलआईसीको विश्वभर भएको २१ वटा शाखाहरुमध्ये नै सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको र उत्कृष्ट अभिकर्ता समेत भएका छन् । उनले यसअघि पनि एलआईसीबाट उत्कृष्ट अभिकर्ताको सम्मान ग्रहण गरिसकेका छन् । भण्डारीलाई कम्पनीले उच्चतम बीमा शुल्क आर्जन गरेको भन्दै उत्कृष्ट अभिकर्ता भएको जानकारी समेत दिएको छ । यसअघि पनि उनलाई कम्पनीले लगातार दुई वर्ष सम्मान गरिसकेको छ । युवा अभिकर्ताको रुपमा परिचित भण्डारी केबल २८ वर्षका छन भने उनले नेपालको बीमा क्षेत्रमा प्रिमियम संकलन तथा सरकारलाई सो बापत बुझाउनुपर्ने करको क्षेत्रमा विगत ३ वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका छन् । बीमा क्षेत्रको ज्ञान र सिप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले ४ लाख भन्दा बढि बीमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् । कडा मिहिनेत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मिहिनेत गर्न हौसला दिएको उनले बताए । ‘कम्पनीको कयौं शाखाहरु छन र सयौं बीमा एजेन्टहरु छन्, उनीहरुलाई जित्नु निकै कठिन र महत्वपूर्ण हो,’ उनले भने । एक दशकदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय युवा अभिकर्ता भण्डारी नेपालबाट अमेरिकास्थित बीमा व्यवसायीहरुको संस्था मिलियन डलर राउण्ड टेबलमा विगत ६ वर्षदेखि सदस्य समेत रहेका छन् । उनी नेपालबाट सो संस्थामा टप अफ दि टेबलमा लगातार ३ वर्षदेखि सदस्य हुँदै आएका छन् । सो संस्थामा सदस्यताको लागि वार्षिक २ करोड ४० लाख रुपैयाँभन्दा बढि प्रिमियम संकलन गर्नुपर्ने हुन्छ । नेपालमा थोरै मानिसहरुले मात्र हाल जीवन बीमा गरिरहेको हुँदा यसको संभावना अझै रहेको बताउँछन् । ‘हाल केबल १० प्रतिशत नेपालीले मात्र बीमा गरेको अनुमान छ यसलाई जनचेतनामुलक गतिबिधिले बढाउन सकिने हुँदा यसको संभावना अझै धेरै छ,’ भण्डारीले भने । आम्दानीको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने सोचअनुसार भण्डारी आफ्नो व्यवसायीक गतिबिधिका साथमा सामाजिक सेवामा समेत सक्रिय हुँदै आएका छन् । उनले हाल सिन्धुपाल्चोकमा रहेको श्री आनन्द उच्च मा.वि.का ६ जना विद्यार्थीहरुलाई निजी खर्चमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
डढेलधुराको अमरगढीमा सानिमा लाइफ इन्स्योरेन्सकाे नयाँ शाखा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने कार्य अगाडी बढाएको छ । जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त बीमा सेवा प्रदान गर्ने उद्देश्यले डढेलधुरा जिल्लाको अमरगढी नगर पालिकामा शाखा कार्यालय खोलेको जनाएको छ । कम्पनीको मुख्य प्रबन्धक गणेश चौलागाई र वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको उपस्थितिमा उक्त शाखाको विधिवत उद्घाटन गरेको जानकारी दिएको छ । हाल कम्पनीको अधिकृत पूँजी रु ३ अर्ब, जारी पूँजी २ अर्ब, चुक्ता पूँजी १ अर्ब ४० करोड, जारी पूँजीको ३० प्रतिशत अर्थात रु ६० करोड रहेको कमपनीको भनाइ छ । कमपनीको अनुसार निकट भविष्यमा सर्वसाधारण शेयर बिक्री गरी चुक्ता पुँजी रु.२ अर्ब कायम गर्ने जनाएको छ ।