एशियन लाइफको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ५ लाख १४ हजार ४६५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । संस्थापकले ३५ दिनभित्र उक्त सेयरका लागि आवेदन दिनुपर्नेछ । यदि संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खला गरिने कम्पनीले जनाएको छ ।

हिमालयन लाइफको बोनस दर घोषणा, ८६ रुपैयाँसम्म दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८० सम्मको बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७९÷८० को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट असोज ७ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । सावधिक बीमालेख योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ६४ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सावधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३६ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । अग्रिम भुक्तानी सावधिक योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ५६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ७१ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ८६ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा १६ वर्ष अवधिका लागि ४८ रुपैयाँ र जीवन उपहार (सावधिक) बीमा योजनामा १५ वर्ष अवधिको ३२ रुपैयाँ बोनस दर तोकेको छ । सावधिक बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४९ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७६ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सावधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४८ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७३ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । अग्रिम भुक्तानी सावधिक योजनामा ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४६ रुपैयाँ र वार्षिक नगद फिर्ता बीमा योजनामा ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सुरक्षित भविष्य जीवन बीमा योजनामा ० देखि १४ वर्ष अवधिको १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । ३० वर्षे जीवन रक्षक (सिमित भुक्तानी), सावधिक लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजनामा ० वर्षदेखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सिमित भुक्तानी सावधिक जीवन बीमा (एकल) योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सावधिक तथा आजीवन जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७४ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सिमित भुक्तानी सावधिक तथा आजीवन जीवन बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३३ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३० रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । जिवन आधार जीवन बीमा योजनाका सबै अवधिमा प्रतिहजार ५० रुपैयाँ, जिवन सम्पन्न बीमा योजनाका सबै अवधिको ५३ रुपैयाँ, जिवन उत्थान बीमा योजनाका सबै अवधिमा ४० रुपैयाँ, जिवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । बालबच्चा सावधिक जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

फेडेरल ‍रिइन्स्योरेन्सका सीईओले पाए ‘मस्ट पाओनियरिङ रिइन्सुरेन्स ब्रोकिङ सीई‌ओ’ अवार्ड

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकरका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) विशालदीप अधिकारी ग्लाेबल सीईओ एक्सिलेन्समा सम्मानित भएका छन् । उनी ‘मस्ट पाओनियरिङ रिइन्सुरेन्स ब्रोकिङ सीई‌ओ-२०२४’बाट सम्मानित भएका हुन् । सीई‌ओ मन्थ्ली, एआई ग्लाेबल मिडिया, युकेअन्तर्गतको प्रतिष्ठित प्रकाशन हो । जसले विश्वभरका उद्योगहरूमा नेतृत्वदायी व्यक्तित्वहरूको उत्कृष्टता पहिचान र सम्मान गर्छ । सीईओ अधिकारीले फेडेरल रिइन्स्योरेन्स ब्रोक लिमिटेडकाे नेतृत्व गर्दै स्थानीय बीमा कम्पनीका कर्मचारीहरूलाई तालिम प्रदान गर्ने कार्यक्रम र बीमा तथा पुनर्बीमा उद्योगमा नवीनतम प्रवृत्तिहरूको जानकारी दिन न्यूजलेटर प्रकाशन जस्ता विभिन्न पहलहरू अघि सारेका छन् । यसका साथै अधिकारीले विभिन्न कलेजका विद्यार्थीहरूलाई बीमा तथा पुनर्बीमा सम्बन्धी ज्ञान प्रदान गरेका छन् । फेडेरल रिइन्स्योरेन्स ब्रोकर लिमिटेड नेपालमा पुनर्बीमा क्षेत्रको अग्रणी कम्पनीको रूपमा स्थापित भइ उद्योगको व्यावसायिक विकास र नवाचारलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ ।