निर्जीवन बीमा अभिकर्ता सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्दै राष्ट्रिय बीमा कम्पनी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता सम्बन्धी आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले माघ २० गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन गर्न लागेको जनाएको छ । कम्पनीले कृषी, पशुपंक्षी तथा जडिबुटी बीमाको अभिकता सम्बन्धी तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीको केन्द्रिय कार्यलयमा बिहान १० बजेदेखि ४ बजेसम्म तालिम हुनेछ । तालिम सहभागी हुनका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ । तालिममा सहभागी हुनका लागि निबेदन पत्र, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो,  संस्थाको हकमा कुनै एक संचालकले तालिम लिनुपर्ने र प्यान कार्डको प्रतिलिपि आवश्यक पर्दछ ।

प्रभु महालक्ष्मी लाइफको एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथ भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीले सदा सम्मान गर्ने बताए । यस पटकको सम्मान कार्यक्रम उत्सव मात्र नभएर महा उत्सवको रुपमा रहेको बताए । व्यवसायीक क्षमता बृद्धिको लागि ज्ञान आर्जन र प्राप्त उपलब्धीहरुलाई हर्षोल्लासपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको छ । ख्यातीप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङ नेतृत्वको टिमले २ दिने रचनात्मक तरिकाले सहभागीहरुलाई व्यवसायीक क्षमता अभिबृद्धि गर्न सोच परिवर्तन र उत्प्रेरणका सन्दर्भमा तालिम प्रदान गरेको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै एमडिआरटी हुनु भनेको अभिकर्ताहरुले अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु रहेको बताए । सम्बोधनकै क्रममा नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अभिकर्ताहरुले प्रयास गरे केही असम्भव नहुने बताए । अन्य सहभागीहरुलाई सम्मानीत अभिकर्ताहरुबाट सिक्न र जोस जागरका साथ काम गर्न हौसला प्रदान गरे । उक्त कार्यक्रममा मुख्य आकर्षण एमडिआरटि सम्मान, व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथै पोखरा र आसपासमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण रहेको थियो । कार्यक्रममा एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुका साथै उच्च व्यवस्थापन टिम गरी करिब २५० जनाको उल्लेख्य सहभागिता रहेको थियो ।

नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित वरिष्ठ पत्रकार भुषण दाहालसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे । समारोहमा योजनामा छनौट भई सहभागि भएका अभिकर्ताहरुलाई प्रमुख अतिथी एवं वरिष्ठ पत्रकार भुषण दाहालले सम्मान पत्र गरेका थिए ।