चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले माग्यो आवेदन
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धाबाट बोर्डको अध्यक्ष नियुक्त गर्न लागेको हो । न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले भाग लिने पाउने भएका छन् । मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भनेको छ ।
रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित
वीरगञ्ज, १० भदौ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय अन्तरदेशीय प्रसारणालाइनका संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको भार खेपिरहेका वीरगञ्ज–परवानीपुर औद्योगिक करिडोरका उद्योगी व्यवसायी उ त्साहित भएका छन् । वीरगञ्ज औद्योगिक करिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन सञ्चालन भएपछि उद्योगको उत्पादन पुनःसञ्चालन भएको उद्योगी व्यापारी बताउँछन् । विद्युत् अभावका कारण लामो समयदेखि वीरगञ्ज परवानीपुर औद्योगिक करिडोरमा रहेका करिब ७०० उद्योगको उत्पादन प्रभावित हुँदै आएकामा उक्त प्रसारण लाइन उद्घाटनलगत्तै सञ्चालनमा आएका छन् । प्रधानमन्त्री देउवाको सो कदमको स्वागत गर्दै उद्योगीले अब आर्थिक भारबाट मुक्त हुने विश्वास लिएका छन् । रक्सौल–परवानीपुर ट्रान्समिसन लाइनबाट ५० मेगावाट विद्युत् आयात शुरु भएपछि यसले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगले समेत जीवन्तता पाएको उद्योगीको भनाइ छ । प्रतिष्ठित उद्योगपति तथा समाजसेवी प्रदीप केडियाले रक्सौल–परवानीपुर ट्रान्समिसन लाइनबाट ५० मेगावाट विद्युत् आयात भएपछि यसले वीरगञ्ज–पथलैया करिडोरमा रहेका उद्योगले राहत पाएको छ भने । विद्युत्भार कटौती खेपिरहेका सो करिडोरभित्र रहेका उद्योगीले अब उत्पादन समस्या समाप्त भएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले प्रेस विज्ञप्ति प्रकाशन गरी रक्सौल–परवानीपुर ट्रान्समिसन लाइनबाट ५० मेगावाट विद्युत् आयात भएपछि यस क्षेत्रमा विद्यमान रहेको विद्युत्भार कटौतीको समस्या हट्ने विश्वास व्यक्त गरे । अध्यक्ष शर्माले विज्ञप्तिमार्फत नेपाल सरकारले यस क्षेत्रका उद्योगपतिको साझा चासोलाई सम्बोधन गर्ने तत्परता देखाएकामा धन्यवाद दिएका छन् । भारतको करिब २१ करोड भारतीय रुपैयाँको लागतमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुई सबस्टेशन निर्माण भएको छ । भारत विहार सरकारले रक्सौलमा निर्माण गरेको सबस्टेशन नेपाल–भारतको दशगजा क्षेत्रसम्म चार किमी लाइन भारतीय क्षेत्रमा र नेपालतर्फ परवानीपुरसम्म १३ किमी क्षेत्र पर्छ । वीरगञ्ज औद्योगिक करिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन निर्माण गरिएको रक्सौल परवानीपुर प्रसारण लाइनमा ५० मेगावाट विद्युत् आयात हुने भएपछि वीरगञ्ज औद्योगिक करिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौती मुक्त गर्ने योजना सरकारको रहेको छ । रासस
दक्षिण कोरियामा नेपालीको आत्महत्या बढ्दो, मालिकको व्यवहार र अत्याधिक वितृष्णा मुख्य कारण
काठमाडौ। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा आयोजित ‘गणतन्त्र कोरियामा नेपालीको आत्महत्याको कारण र समाधान’ विषयको कार्यशाला गोष्ठीका सहभागीले पछिल्लो दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरियामा काम गर्दै गरेका नेपाली श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले कोरियामा नेपालीको आत्महत्याका घटना बढ्नु संवेदनशील भएको भन्दै यसलाई घटाउन नेपाल सरकारले आवश्यक पहल गर्ने बताए । कार्यक्रममा कोरियाको मानव संशाधन विभागका निर्देशक किम कि उक्ज्युले कोरियामा नेपालीको आत्महत्या दर बढ्दो रहेको स्वीकार गर्दै कोरिया प्रस्थान पूर्व स्वास्थ्य परीक्षण गरिएता पनि मनोवैज्ञानिक परीक्षण नगरिँदा समस्या आएको बताए । विदेशको जीवन र काम स्वदेशको भन्दा बिल्कुल फरक हुने तथ्यलाई आत्मसात् नगर्दा रोजगारीमा गएकाले आत्महत्याको बाटो अँगालेको हुनसक्ने उनको भनाइ छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका नेपाल निर्देशक बाबुराम खतिवडाले सन २००८ देखि २०१७ अगस्टसम्म १३८ नेपालीको कोरियामा मृत्यु भएको जानकारी दिए । मृत्युहुने मध्ये इपिएस भाषा परीक्षामार्फत गएका ७७ जना रहेको त्यसमध्ये ठूलो संख्या आत्महत्या गर्ने रहेको बताए । उनका अनुसार सन् २०१७ मा मात्रै १६ को मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी आत्महत्या गर्ने रहेका छन् । कोरियामा नेपाल सरकारका तर्फबाट श्रमसहचारीका रुपमा काम गरेर एक वर्षअघि फर्केका अनिल गुरुङले आफ्नो चार वर्षे कार्यकालमा १३० जनाको मृत्यु भएको र तीमध्ये ३६ जनाले आत्महत्या गरेको विवरण दिए । उनका अनुसार अत्यधिक वितृष्णा, घरपरिवारको व्यवहार, उच्च महत्वाकांक्षा, सहकर्मी एवं मालिकको व्यवहार, मानसिक तनाव जस्ता कारण आत्महत्या गर्नेको संख्या बढेको हो । रासस
नुवाकोटको बट्टारमा अग्नि ग्रुपको नयाँ आधिकारिक सर्भिस सेन्टर
काठमाडौं । अग्नि ग्रुपले नुवाकोटको बट्टारमा महिन्द्राका युटिलिटि भेइकल्सका लागि आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आधारिकारिक सर्भिस सेन्टरका रुपमा उत्सुक अटोमोबाइल्स् प्रा.लि.लाई नियुक्त गरेको हो । उक्त सर्भिस सेन्टरको उद्घाटन विदुर नगरपालिकाका मेयर सन्जु पण्डित तथा उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष तारा बहादुर कार्कीले गरेका थिए । नयाँ स्थापना गरिएको सर्भिस सेन्टरबाट महिन्द्रा युटिलिटि भेइकल्सहरुको सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् ।अग्नि ग्रुपको मुख्य उद्देश्य भनेकै ग्राहकहरुलाई सहज एवं गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ साथै उक्त सर्भिस सेन्टरले नुवाकोट तथा तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा विश्वस्तरीय सेवा तथा सुविधा पाउने विश्वास लिएको कम्पनीले जनाएको छ । अग्नि ग्रुप प्रा.लि अन्तर्गतअग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।
ललितपुर मलको टेलि इनोभेसन मल्टि ब्रान्ड मोबाइल हब, ५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट
काठमाडौं। टेलि इन्नोभेसनले ललितपुरमा ललितपुर मलको दोस्रो तलामा नौलो प्रविधि अपनाएर मोबाइलको बिक्रि सुरु गरेको छ । ग्राहकलाई सुलभ मुल्यमा विश्वबजारका सवैजसो ब्राण्डहरु उपलब्ध गरिने उद्देश्यले यहि आउदो १ सेप्टेम्बर २०१७वाट उक्त टेलि इनोभेसन मल्टिब्रान्ड मोबाइल हब संचालन गरिने भएको हो । स्ट्यान्र्ड चार्टड बैंकको आकर्षक जागिर त्याग्दै युवा व्यवसायीको रुपमा निरज सापकोटाले यो व्यवसायमा हात हालेका हुन् । टेलि इनोभेसनको शुभारम्भको उपलक्ष्यमा सेप्टेम्बर फस्टदेखि सेप्टेम्बर २५ सम्म ५ प्रतिशत देखि ५० प्रतिशतसम्म हरेक मोबाइल तथा एसेसरिज खरिदमा छुट दिने कम्पनीले जानकारी दिएको छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार, जस्तै पावर बैंक, सेल्फी स्टिक, हेड फोन, मोबाइल कभर, ब्लुटुथ, मेमोरी कार्ड तथा पेनड्राइभ दिइनेछ । कम्पनीका अनुसार अवधीमा एप्पल, एचटिसी, हुवावे, जियोनी, सामसगं, वान प्लस, ओप्पो, लाभा, कलर्स, डिटिसी, माइक्रोम्याक्स लगायतका मोबाइल सेटहरु रहनेछन् । नेपालमा पहिलो पटक नौलो अवधारणा सहित संचालनमा आएको यो मल्टि ब्रान्ड सो रुममा ग्राहकले सहज वातावरणमा आफ्नो छनौटका उपकरणबारे विस्तृत जानकारी पाउनेछन् । कम्पनीका प्रमुख कार्यकारी रहेका नीरज सापकोटाले भने, ‘मोबाइल सेक्टरमा अझै स्तरिय सुविधा ग्राहकले नपाएको र टेलि इनोभेसनको शुभारम्भपछि सम्पुर्ण सुविधा सम्पुर्ण ग्राहकले पाउने विश्वास दिलाउन चाहान्छौं ।’ त्यहा मोबाइल खरिद गर्नेहरुलेडेबिट र क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
एनसिसिआई-वाणिज्य राज्यमन्त्रीबिच भेटवार्ता, लगानी भित्र्याएर व्यापारघाटा कम गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई) ले भारतसँग नेपाल भारत बीचको बढ्दो व्यापार घाटा कम गर्न सहयोगको आग्रह गरेको छ । व्यापार घाटा कम गर्नका नेपालमा पर्याप्त भारतीय लगानी तथा प्रविधि भित्र्याई उत्पादकत्व क्षमता तथा प्रतिस्पर्धी क्षमता विस्तारमा सहयोग गर्न महासंघले भारतीय वाणिज्य राज्यमन्त्री निर्मला सितारमणसँग आग्रह गरेको हो । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा भारत भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलले आज भारतीय वाणिज्य राज्यमन्त्री सितारमणसमक्ष वाणिज्य मन्त्रालयमा भेटवार्ता गरेको छ । सन् १९९६ मा सम्पन्न व्यापार सन्धी दुई देश बीचको आर्थिक, व्यापारिक तथा लगानी विस्तारमा महत्वपूर्ण औजारको रुपमा रहेको बताउँदै अध्यक्ष राणाले निरन्तर रूपमा बढ्दै गएको व्यापार घाटा नेपालका लागि अत्यन्त चिन्ताको विषय भएको बताए । पछिल्लो तथ्यांक अनुसार आयात निर्यातको अंश १५:१ रहेको छ । राणाले खाद्यन्न प्रशोधन, ऊर्जा उत्पादन तथा विकास, सेवा क्षेत्रमा भारतीय लगानीको आवश्यकता रहेको बताए । उनले भनिन्, ‘जसले भारतीय बजारमा नेपाली निर्यात बढाउन प्रत्यक्ष सहयोग पुर्याउछ ।’ वाणिज्य राज्यमन्त्रीसंगको भेटमा महासंघको प्रतिनिधिमण्डलले भारतीय सरकारले लागू गरेको क्वारेन्टाइन, सेनिटरी फाइटो सेनिटरी (एसपिएस), टेक्नीकल ब्यारियर टु ट्रेड (टिबिटि), रुल्स अफ ओरिजिन (आरओओ) जस्ता गैर भंसार अवरोधका कारण नेपाली उत्पादनहरूको भारत निर्यातमा समस्या रहेको स्पष्ट रूपमा राख्यो । यस्ता अवरोधहरूलाई संबोधन गर्न आग्रह गर्दै नेपाली उत्पादनको गुणस्तर एवं ल्याव परीक्षण सुधार लगायतमा भारतीय प्राविधिक सहयोगको लागि अनुरोध समेत ग¥यो । नेपाली ग्यास बुलेटलाई अनुमति दिन आग्रह महासंघले राज्यमन्त्रीलाई अनुमति नपाएर भारतमा अलपत्र नेपाली ग्यास बुलेटको विषय ध्यानाकर्षण गराएको छ । भेटमा भारतीय पेट्रोलियम तथा एक्सप्लोसिभ सेफ्टी अर्गनाइजेशन ले भारतीय मापदण्ड अनुसार भारतमा निर्माण भएका ग्याँस बोक्ने नेपाली बुलेटलाई अनुमतिपत्र जारी नगर्दा निकै ठूलो समस्या परेको कुरा महासंघले उल्लेख गर्यो । प्रतिनिधिमण्डलले आत्मनिर्भर उन्मुख नेपाली अर्थतन्त्र र औद्योगिक विकासमा यसले निकै ठूलो घाटा पुगेकाले समस्या समाधानमा भारतीय वाणिज्य राज्यमन्त्रीको ध्यानाकर्षण गरायो । जिएसटीको प्रभाव सकारात्मक पर्ने भारत सरकारले हालै लागू गरेको जीएसटीबाट नेपालको औद्योगिक विकासमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास प्रकट गर्दै अध्यक्ष राणाले भारतबाट नेपाल निर्यात हुने व्यापारिक वस्तुहरूमा जीएसटी छुट सुविधा रहेपनि सेवामा जीएसटी लाग्ने वा नलाग्ने यद्यपी स्पष्ट नभएपनि जीएसटी छुट हुनुपर्ने सुझाव सो अवसरमा राखे। महासंघको प्रतिनिधिमण्डलले भेटघाटका क्रममा अन्तराष्ट्रिय कम्पनीहरू भारतमा आकर्षित भैरहेको सन्दर्भमा त्यसले भारत तथा नेपाल दुवै देशमा औद्योगिक विकासमा सहयोग गर्ने स्पष्ट पार्दै कोलकत्ता तथा विशाखापटनमबाट नेपालको भैरहवाको नौतनवा, विराटनगरको जोगवनी, सीमासम्म ठूला कार्गो बोक्ने रेल आवात जावतको सुविधा दिन वाणिज्य राज्यमन्त्री समक्ष आग्रह गर्यो ।
लोककल्याणकारी विज्ञापन रकम वृद्धि गर्न माग
काठमाडौं। नेपाल पत्रकार महासंघले सरकारसँग ‘लोककल्याणकारी विज्ञापन’ रकम वृद्धि गर्न माग गरेको छ । पच्चीसौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समानुपातिक विज्ञापन नीति लागू नभएसम्मका लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्न माग गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । बैठकले सबै प्रकारका सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन समेत माग गरेको छ । बैठकले श्रमजीवी पत्रकारलाई तत्काल नियुक्तिपत्र र न्यूनतम पारिश्रमिक उपलब्ध गराई श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसमेत गरेको छ । महासंघको कल्याणकारी कोषलाई आगामी तीन वर्षमा पाँच करोड रुपैयाँ पुर्याइने निर्णय बैठकले गरेको छ । बैठकले लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हितका पक्षमा विगतदेखि महासंघले चलाएको अभियानलाई थप निरन्तरता दिन निर्णय गरेको छ । रासस
नेपालमै पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल हुने
काठमाडौं । नेपालमै पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । सडक दुर्घटना जस्तो विकाराल समस्या न्युनीकरण गर्नुका साथै सडक सुरक्षाका आधारभुत उपाय अवलम्बन गर्ने उद्देश्यले उक्त फेस्भिल हुन लागेको हो । सडक दुर्घटना संसारकै एक प्रमुख समस्या हो । नेपालमा समेत सडक दुर्घटना अकाल मृत्युको पहिलो कारण हो । विश्वमा वार्षिक १४ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् भने नेपालमा मासिक २ सयको हाराहारिमा ज्यान गुमाउँछन् । नेपाल बाहिर भएका अकाल मृत्युको प्रमुख कारण पनि सडक दुर्घटना नै बनेको छ । सडक दुर्घटनाका कारण हाम्रो समाज क्षत(विक्षत बन्दै गएको छ । सामान्य लापरवाहीका कारण आज हाम्रा गाउँ नै सखाप भइरहेका छन् । नेपालमा दिगो सडक र सवारीको संरचना, आवश्यक ऐन कानुन निर्माण, सडक र यातायात क्षेत्रको भ्रष्टचारको अन्त्य, ट्राफिक नियमको पालना अनि सडक र सवारी सम्बन्धी सम्पुर्णको सामुहिक र सिर्जनसिल अभियान हुँदै आएको छ ।