चाडपर्वको अवसरमा तोसिबाले ल्यायो नयाँ योजना, टिभी खरिदमा चाँदीको सिक्का पुरस्कार
काठमाडौं । टेलिभिजन ब्राण्ड तोसिबाले दशैं, तिहार तथा छठ पर्वको अवसरमा ‘तोसिबा टिभीमा चाँदीको उपहार नामक नयाँ योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले तोसिबा ब्राण्डका कुनैपनि टिभीको खरिदमा चाँदीको सिक्का पुरस्कार पाउने छन् । चाँदीको उपहार अन्तर्गत ५५/४९ इन्च टि.भी. मा २० ग्राम , ४०/४३ इन्च को टि.भी.मा १५ ग्राम, ३२ इन्च को टि.भी.मा १० ग्राम र २४ इन्चको टि.भी. को खरिदमा ५ ग्राम चाँदीको सिक्का रहेको छ । तोसिबा ब्राण्डको नेपालको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल प्रालि रहेको छ ।
हुण्डाईको एक्सेन्ट गाडी अब नेपाली बजारमा, मूल्य ३३ लाख ५६ हजार रुपैयाँ मात्र
काठमाडौं । नेपालका लागी हुण्डाई गाडिको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले भृकुटिमण्डम स्थित नाडा अटो शोबाट एक कार्यक्रमका बिच नयाँ हुण्डाई एक्सेन्ट सेडन कार सार्वजानिक गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री विरबहादु्र बलायरद्वारानयाँ हुण्डाई एक्सेन्ट सेडन कार सार्वजनिक गरिएको हो । अहिलेको बजारको परिर्वतित चाहाना र ग्राहकको बढ्दो आकांक्षालाई प्राथामिकतामा राख्ने क्रमलाई हुण्डाइ मोटरस्ले निरन्तरता दिदै नयाँ हुण्डाई एक्सेन्टसेडन कार वजारमा ल्याएको छ । नयाँ हुण्डाई एक्सेन्ट स्टाइलिस पारिवारिक सेडन कार हो र यो आधुनिक नेपाली बजारको लागी उपयुक्त रहेको कम्पनीले जनाएको छ । सो समारोहमा बोल्दै लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. का सहायक महाप्रवन्धक (सेल्स एण्ड मार्केटिङ) रुपेशशर्मा भट्टले भने -‘अहिलेको नेपाली बजारमा सेडन कार लोकप्रिय बन्दै गइरहेको छ । नेपाली अटोमोवाइल बजारमा हुण्डाई एक्सेन्ट जस्तो स्टाइलिस आरामदाई सेडन कार सार्वजनिक गर्नु हुण्डाईको लागी लाभदायक हुनेछ । ‘ नयाँ एक्सेन्ट गुण्स्तरीय, आरामदायी, शैली र प्रीमियम लुकले भरिपुर्ण छ । यसको बाहिरी बनाबटमा प्रोगेसिभ डिजाइन छ भने भित्र इको जेनिरस फ्ेएरको स्पेस र कम्फर्ट साथै प्रिमियन एण्ड हाईटिच एपिएल रहेको छ । एक्सेन्ट गाडिको अघिल्लो भागमा होरिजेन्टल क्रोम स्ल्याटको साथमा सिगनेचर क्यासकेड डिजाइन ग्रिलिले गाडिलाई अझ आकर्षक बनाएको छ । बम्परमा रहेका एलइडी डिआरएल यसको विशेषता हो । नयाँ हुण्डाई एक्सेन्ट दुई भेरिएन्टहरु एक्सेन्ट(एस) र एक्सेन्ट(एसएक्स)मा उप्लब्ध छन् । जसमध्ये एक्सेन्ट(एस)को मुल्य ३० लाख ९६ हजार रुपैयाँ र एक्सेन्ट(एसएक्स)को मुल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
‘रेनो डबल उत्सव’ सार्वजनिक, कार खरिदमा ३ लाखसम्मको नगद छुट
काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबिल प्रालि (विशाल समूहको सहायक)ले विशेष उत्सव अफर ‘रेनो डबल उत्सव’ सार्वजनिक गरेको छ । कम्पनीले अनेकौ आकर्षक तथा रुचीकर अफरहरु दशैं तिहारलाई विशेष रुपमा मनाउन सार्वजनिक गरेको हो । रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारा सहित आएको छ, जसले रेनो ग्राहकहरुलाई डबल फाईदा दिन्छ । यो अवधिमा रेनो गाडी खरिद गर्ने ग्राहकले स्योर शट नगद पुरस्कार र १ वर्षको निशुल्क इन्धन उपलब्ध गराउँछ । साथै, रेनो कार खरिद गर्दा ग्राहकहरुले सिधै ३ लाख रुपैयाँसम्मको स्योर शट नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसका साथै स्क्र्याच कुपन मार्फत ३ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । यस अभियानले रेनो कार खरिद गर्दा १ वर्षसम्मको निशुल्क इन्धन उपलब्ध गराउने छ । साथै, १ वर्षको सडक कर निशुल्क, स्पट फाइनान्सिंगको सुविधा, तत्काल मूल्यांकन, ५ वर्षको वारेण्टी र एक्सचेन्ज सुविधा पनि रहेको कम्पनीले जनाएकाे छ । यो अफर रेनोको लजी, डस्टर र क्विडको ३ वटै मोडलका कारहरुको खरिदमा उपलब्ध रहेको छ ।
हिरो मोटकर्पले ल्यायो दुई माेडलका नयाँ स्कुटी, मुल्य १ लाख ८१ हजार रूपैयाँसम्म पर्ने
काठमाडौं । हिरो मोटोकर्प लिमिटेडले दुइपांग्रे सवारीमा माइस्ट्रो एज र नयाँ प्लेजर गरी दुई माेडलका नयाँ स्कुटी बजारमा ल्याएको छ । राजधानीमा मंगलबार आयोजित नाडा अटो सो कार्यक्रममा नयाँ इन्जिन र च्यासिसमा बनेको माइस्ट्रो एजल हिरोको नयाँ प्रविधि तथा आविष्कार प्रतिको कुशलतालाई जोड दिएको छ । बिएसफोर ११०.९ सिसीको एयर कुल्ड ४-स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो माइस्ट्रो एजलाई ७५०० आरपीएममा ८ बिएचपीको अधिकतम पावर र ५५०० आरपीएममा ८.७ एनएमको अधिकतम दिने कम्पनीले जनाएको छ । उक्त बजारमा आएका स्कुटरहरुमा इ- कोड सहितको चाबी हुनुको साथै मोबाइल चार्जिङ पोटको पनि व्यवस्था रहेको छ । सिट र फ्युल –लिड खोल्न रिमोट कन्ट्रोलको व्यवस्था भएको स्कुटी हो । उक्त स्कुटीमा सर्भिस ड्यु र साइड स्ट्याण्ड इन्डिकेटर, फ्रन्ट र अन्डर सिट लगेज हुक्, स्कुटीको अगाडीका पांग्रा १२ इन्च भएकाले सन्तुलनमा वृद्धि हुने तथा आरामदायी यात्रा हुने कम्पनीले जानकारी दिएको छ । हिरो माइस्ट्रो एज तिन रङ्मा खरिद गर्न सकिने हुन्छ जसअन्तर्गत फायरी रेड, म्याट ग्रे, र सेतो रङमा उपलब्ध छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ८१ हजार रूपैयाँ कायम गरेको कम्पनीले जनाएको छ । बिएसफो १०२ सिसीको एयर कुल्ड ४–स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो प्लेजर ७००० आरपीएममा ६.९ बिएचपीको अधिकतम पावर दिन्छ र ५००० आरपीएममा ८.१ एनएमको अधिकतम टर्क दिने उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त स्कुटरमा पनि मोबाइल चार्जर लगायत हिरो पेन्टेड इन्टिग्रेटेड ब्रेकिङ सिस्टम रहेको छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ६५ हजार ५०० रूपैयाँ रहेको हिरो मोटोकर्पले जानकारी दिएको छ ।
रिया आइएमईबाट ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा हस्तान्तरण
काठमाडौं । मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको छ । रिया आइएमईले साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पुर्याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो रकम उक्त कोषमा हस्तान्तरण गरेको हो । रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई सोमबार मलेसियास्थित नेपाली दुतावासमा भेटि सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
टाटाको नयाँ गाडी योद्धामा अझ धेरै पिकअफ, दसैंका लागि आकर्षक अफरहरु
काठमाडौं । नाडा अटो शोमा टाटा मोटर्सको नयाँ पिकअप गाडी टाटा योद्धा आकर्षणको विषय बनेको छ । यसको मूल्य २० लाख ५० हजार रुपैयाँ रहेको छ । सिप्रदी ट्रेडिङका बिक्रेता शशिला मोटर्सका सेल्स अफिसर कृष्ण अर्यालका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो ।सिप्रदीले यसलाई तीन महिना अगाडी नेपाली बजारमा सार्वजनिक गरेको थियो । टाटाको पछिल्लो डिआइ मोडलको पिक अपभन्दा योद्धाको पिकअप बढी रहेको अर्यालले बताए । उनले भने, ‘डिआइ पिकअपको लोड क्षमता जम्मा ११३० केजी मात्र थियो ।’ तीन लिटरको डिजल इञ्जिन भएको योद्धा कच्ची सडकका लागि उपयुक्त रहेको अर्यालले जानकारी दिए । यसले ८६ एचपी पावरका साथै २५० एनएम टर्क दिन्छ । यसमा भएको अन्तराष्ट्रिय स्तरमो क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको छ । यसमा तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ । यस्ता छन् अफरहरु टाटाले दसैंका लागि गाडी किनौं उपहारै उपहारमा रमाऔं अफर ल्याएको छ । टाटाले बस तथा एमएचसी ट्रकको खरिदमा आइफोन सेभेन प्लस, ५० इञ्चको सोनी स्मार्ट एलइडी टिभी, १३ इञ्चको म्याकबुक एयर, निकोनको नर्मल लेन्स भएको डि५५०० डिजिटल क्यामरा, सामसङको २५५ लिटर फ्रिज र बाली वा फुकेटका लागि चार रात र पाँच दिनको ट्राभल अफर ल्याएको छ । त्यस्तै आइएलसिभी, पिकअप वा प्यानल भ्यानको खरिदमा आइफोन सेभेन, ४८ इञ्चको इन्टरनेट टिभी, डेल ३४८० आइ५ ल्यापटप, निकोनको डिजिटल क्यामरा, सामसङको फ्रिज वा ब्याङकक वा दुबइको लागि टुरको अफर ल्याएको छ । त्यस्तै दुईको खरिदमा सुजुकी जिक्सर स्कुटर, सुजुकी लेट्स डिटी राखेको छ । बाली, सिंगापुर र मलेसियाको लागि आठ रात र नौ दिनको टुर अथवा मरिसस टावरमा चार रात पाँच दिनको टुर राखिएको कम्पनीले जानकारी दिएको छ ।
सुजुकीले ल्यायो ‘डवल मज्जा’ अफर, गाडी खरिदमा ६ लाख रुपैयाँसम्म नगद छुट
काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । भृकुटीमण्डपमा मंगलबारवाट शुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनीका सम्पूर्ण गाडीहरुमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो । नाडा अटो शो मार्फत कम्पनीले स्टल नम्वर एच वानबाट यो सेवा उपलब्ध गराइरहेको छ । यो योजना सुजुकीका देशभरका शोरुमहरुवाट समेत उपलब्ध हुने छ । ‘डवल मज्जा’ अफर अन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्ट्रेशन निशुल्क उपलब्ध गराउने रहेका छन् । यसवाहेक कम्पनीका २०१६ का सम्पूर्ण मोडलहरुमा बिशेष छुट समेत पाउने कम्पनीले जनाएको छ ।
एचटिसीका तीन नयाँ मोडलहरु नेपाली बजारमा, १७ हजारदेखि ७९ हजारमा पाइने
काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा सार्वजनिक गरेको छ । एचटिसी डिजायर ६५०निलो रंगमा उपलब्ध हुनेछ भने एचटिसी डिजायर १० प्रो गोल्डेन ब्ल्याक रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी यु ११ ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध छ । दशैं र तिहारको अवसरमा ग्राहकहरुले प्रतेक एचटिसी फोनहरुको खरिदमा चाँदीको सिक्का निशुल्क प्राप्त गर्नेछन् । एचटिसी डिजायर ६५० एचटिसीको डिजायर ६५०सिरिज सन् २०१७ मा शुरु भएको हो, जसमा नयाँ डिजाईन र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको ५.० इन्चको आईपिएस एलसीडी क्यपासीटीभ टचस्क्रिन हो, यसमा क्वाड कोर १.६ गीगाहर्ज, ३२ जीबीको रोम र ३ जीबीको र्याम, दुई सिम लाग्ने, १३ मेगापिक्सेलको मुख्य क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, झिक्न नमिल्ने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानोरामा तथा मार्शमाल्लो अपरेटिङ सिस्टम राखिएको छ । नेपाली बजारमा यस फोनको मूल्य १७ हजार ८२५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एचटिसी डिजायर १० यो फोनमा १.८ गीगाहर्जको अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने यसमा ४ जीबीको र्याम राखिएको छ । फोनमा आन्तरिक स्टोरेज ६४ जीबीको छ भने फोटोका लागि २० मेगापिक्सेलको मुख्य क्यामरा तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । एचटिसी डिजायर १० मा दुई सिम प्रयोग हुन्छ भने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर, पानोरामा, फिंगर प्रिन्ट तथा एन्टि सेक युक्त छ । नेपाली बजारमा यस फोनको मूल्य २९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एचटिसी यू ११ यो फोन ५.५ इन्चको सूपर एलसिडी क्यापासिटिभ टच स्क्रीन डिस्प्ले युक्त रहेको छ । फोनमा अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने ६ जीबीको र्याम १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । क्यामराको कुरा गर्दा, एचटिसी यू ११ मा १६ मेगापिक्सेलको मुख्य क्यामरा, १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोन ७.१ भर्सनको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित रहेको छ भने ३,००० एमएएचको ब्याट्री पावर रहेको छ । एचटिसी यू ११ नूगटको फिचर सहित आउँछ भने यसमा स्न्यापड्रागन ८३५, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर र पानोरामा रहेको छ । . बजारमा यसको मूल्य ७९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।