दूध उत्पादन र बजारीकरणमा २ करोड ३४ लाख लगानी
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ । दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी सस्थाले लगानी गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि २ करोड ३४ लाख ५३ हजार रुपैयाँ लगानी हुने भएको छ । जिल्लाको छथर क्षेत्रलाई लक्षित गरी कृषकले व्यावसायिकरूपले दूध उत्पादन गरी बजारीकरणलाई सहज तुल्याउन उन्नति नेपालले १ करोड १७ लाख ७६ हजार ५ सय रुपैयाँ लगानी गर्ने, स्थानीय सहकारी संस्थाले १ करोड १७ लाख ७६ हजार ५ सय रुपैयाँ गरी कुल २ करोड ३४ लाख ५३ हजार रुपैयाँ खर्च गरिने छथर दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताए। चिस्यान केन्द्र दूध ढुवानीका लागि सवारी साधान खरिद, प्रत्येक केन्द्रमा जेनेरेटर जडान गरिने भएको छ । केन्द्रमा दूध जाँच गर्ने यान्त्र, घाँस टुक्र्याउने मेसिन, तथा दूध संकलनका लागि भवनलगायतका पूर्वाधार निमार्णमा उक्त रकम लगानी गरिने संस्थाका व्यवस्थापक बुढाथोकीले जानकारी दिए । पूर्वाधार विकास तथा व्यवस्थापनसँगै गोठ सुधार कार्यालय स्थापना र कृषकमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । उन्नति नेपालको साँझेदारीमा जिल्लाको छथर क्षेत्रमा रहेका शुक्रबारे दूध उत्पादक सहकारी संस्था लिमिटेड ओख्रे, छिपुवा बहुउद्देश्य सकारी संस्था लिमिटेड सुदाप, पञ्चामृत पशुपालन सकारी संस्था लिमिटेड सुदाप, मचिन्द्र पशुपालन हकारी संस्था लिमिटेड सुदाप, ताक्लुङ कृषि सहकारी संस्था लिमिटेड ओख्रे, जलकन्या पशुपालन तथा कृषक सहकारी संस्था लिमिटेड हमरजुङ, सिंहदेवी, पशुपालन सहकारी संस्था लिमिटेड फाक्चामारा, सिंहदेबी दूध उत्पादक सहकारी संस्था लिमिटेड सुदाप, मार्गदेवी दूध उत्पादन सहकारी संस्था आङदिम र मखमली महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडले लगानी गर्ने छथर दुग्ध चिस्यान केन्द्रले जनाएको छ । यसअघि यस क्षेत्रमा दुई वटा मात्र चिस्यान केन्द्र सञ्चालित थिए । चिस्यान केन्द्र नहुँदा दूध उत्पादक किसानको दूध फाट्ने समस्या हुँदा दैनिक हजारौँ रुपैयाँ क्षति भोग्नुपरेको फाँक्चामारमा कृषक मनबहादुर कार्कीले बताए । यहाँको दूध न्युनतम ३० रुपैयाँदेखि अधितम ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । व्यावसायिक दुूध उत्पादन तथा बजारीकरणका लागि लगानी भएसँगै यहाँका कृषकले उत्पादन गर्दैआएको दूध बिक्रीमा सहज हुने भएको छ । दूध उत्पादनका लागि कृषकले उन्नत जातका गाईपालनलाई विस्तार गर्नुको साथै गोठ सुधार तथा पशु बीमालाई कृषक प्राथमिकताका लिँदै आएका छन् । रासस
सर्वोत्तम सिमेन्टले ल्यायो “५० मा झकास्” अफर, ५० दिनमा सुन, टिभी र नगद उपहार
काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा. लि “५० माझकास्” अफर बजारमा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले हरेक ५० बोरा सर्वाेत्तम ओ.पि.सि र सर्वोत्तम पि.एस.सि सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो योजनामा ग्राहकले ५० दिनमा ५० तोला सुन, ५० थान कोन्का एलइडी टिभी, ५० हजार थान घडीहरुको साथै ५० हजारसम्मको तुरुन्त नगद उपहारहरु जित्न सक्नेछन् । नेपालको मध्यभागनवलपरासीमाअवस्थित यस सर्वोत्तमसिमेन्ट प्रा. लि. ले खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । यो सिमेन्ट उद्योेगको उत्पादन क्षमता दैनिक ४० हजार बोरा रहेको छ । नेपालमा हालसम्म सबैभन्दा बढी विदेशीलगानी भित्राई उत्पादनगर्न सक्षम रहेको कम्पनीका ब्रा०८ मेनेजर गोपाल सार८ाले जानकारी दिए । यो कम्पनी आइ एस ओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण मैत्रि प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत रहेको उनले बताए ।
बाढी पीडितलाई धितोपत्र बोर्डको ३० लाख सहयोग
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बाढी पीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ दिएको छ । पुर्वी नेपालमा आएको बाढी र डुबान पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ उपलब्ध गराएको बोर्डका उप प्रवक्ता डा. नवराज अधिकारीले जानकारी दिए । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले प्रधानमन्त्री शेर बहादुर देउवालाई सहयोग रकम उपलब्ध गराएका हुन् ।
बाहिरी चक्रपथको विस्तृत कार्ययोजना तयारः एक बर्षभित्रै ट्रयाक, २ बर्षमा जग्गा फिर्ता
काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडकको विस्तृत कार्ययोजना तयार भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको बाहिरी चक्रपथ विकास आयोजनाले शहरी विकास मन्त्रालयमा विस्तृत कार्ययोजना बुझाएको हो ।‘कति समयमा के काम गर्ने भन्नेबारे मन्त्रीज्युबाट विस्तृत कार्ययोजना माग भएको थियो, सोही अनुसार हामीले २ बर्षभित्र के के काम गर्ने भन्नेबारे योजना पेश गरेका छौं’, आयोजनाका अधिकृत ध्रुब सापकोटाले भने । आयोजनाले भदौ १५ गते विस्तृत कार्ययोजना मन्त्रालयलाई बुझाएको हो । कार्ययोजना अनुसार जग्गा प्राप्तिको सूचना प्रकाशित गरेको ४५ दिनभित्रै उपभोक्ता समितिहरु गठन गरिसकेर शहरी विकास मन्त्रीद्धारा आयोजनाको उद्घाटन गराइनेछ । त्यस्तै चालु आवको असार मसान्तभित्र ६.६१८ को ट्रयाक खोलिसक्ने, ५० मिटर चौडाईको सडकमा दाँया बाँया वाल लगाईसक्ने योजनामा उल्लेख छ । चालु आव भित्रै गोकर्ण क्षेत्रको ६ दशमलब ६ किलोमिटरको बाँकी डिपिआर तयार पार्नुका साथै तयार भैसकेको डिपिआरलाई अद्यावधिक गरेर स्वीतृक समेत गरिसक्ने आयोजना अधिकृत सापकोटाले बताए । आगामी २ बर्षभित्रै अधिग्रहण गरिएको जमिन नागरिकलाई फिर्ता गराईसक्ने लक्ष्यसहितको कार्ययोजना तयार पारेर शहरी विकास मन्त्री प्रभु साहलाई बुझाइएको हो । ६ अर्ब ५० करोड लागतमा आयोजनाले पाइलट प्रोजेक्ट अन्तर्गत चोभार–सतुंगल खण्डको निर्माण आरम्भ गर्न लागेको हो । सो खण्डमा ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गरिनेछ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । गत बैशाख १३ गते सो खण्डको डिपिआर स्विकृत भएको थियो । मन्त्रालयका कर्मचारीहरुले मन्त्रीको कान फुकेपछि आयोजनाको फाइल मन्त्रालयमै घुम्दै आएको आरोप लागिरहेको छ । सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । बाहिरी चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि आयोजनाले अधिकृत सापकोटाले बताए ।
कृषि विकास बैंककोे नयाँ २ शाखा पालुुङ्ग मैनादीमा र मनाङमा विस्तार
काठमाडौं । पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा कृषि विकास बैंक लि.को नयाँ शाखा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले औपचारीक रुपमा उद्घाटन गरेका छन् । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, भैरहवाका निर्देशक पारसमणी ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि. बैंकिङ्ग कार्यालय, पालुुङ्ग मैनादीका प्रवन्धक अर्जुुन खनालले गरे । कार्यक्रमका विशिष्ट अतिथी तथा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले बैंकले प्रदान गर्ने आधुुनिक सेवा सुविधा तथा बैंकको उत्पादनको बारेमा जानकारी दिए । त्यस्तैगरी, प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । सो उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका उप–महाप्रबन्धक शेषरमण आचार्य, बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत कार्यालयका शाखा प्रमुख तथा प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवा शाखा प्रमुख भरत राज घिमिरे ,शाखा कार्यालय पाल्पाका प्रबन्ध मोहन कुमार थापा लगायत अन्य कर्मचारीहरुको लगायतको उपस्थिति रहेको जानकारी दिएको छ । साथै, कार्यक्रमको संचालन कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवाका शाखा अधिकृत चेत नारायण खनाल भएको बैंकले जानकारी दिएको छ । त्यसैगरी, मनाङ जिल्लाको चामेमा रहेको कृषि विकास बैंक लि.को पूर्ण बैंकिङ्ग शाखाको औपचारिक उद्घाटन कृषि विकास बैंक लि.संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की एवं कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाूबाट संयुक्त रुपमा भयो । सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सेवाग्राही, चामे बजार व्यवस्थापन समितिका अध्यक्ष, सम्पूर्ण सरकारी कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एम.सी.ले बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे । कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको उत्पादनको बारेमा जानकारी गराउंदै आगामी दिनमा स्थानीय जनताको सहयोग भएमा बैंकले थप आधुनिक सेवा सुविधा सहित निरन्तरता पाउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताए । त्यस्तै गरी प्रमुख अतिथिको मन्तव्य राख्दै बैंकका अध्यक्ष प्रमोद कुमार कार्कीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको बताए । ।
जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने नगरपालिकाको निर्णय
बाजुरा । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा विष्टले बताए । उनले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एकरुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको बुढा विष्टले जानकारी दिए । विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको विष्टको भनाइ रहेको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । बैठकले कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताए । उनले प्रत्येक घरमा खानेपानी, विद्युत्ल गायतका योजना पुर्याउने गरी निर्णय पारित भएको बताए । रासस
३० मेगावाटको चमेलिया पुसको दोस्रो सातादेखि सञ्चालनमा आउने, प्रतिमेगावाट लागत ५२ करोड
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदुरपश्चिमको दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया सबैभन्दा महंगो जलविद्युत आयोजना भएको छ । निर्धारित समय भन्दा ६ वर्ष ढिला गरी सकिन लागेको चमेलियाको लागत प्रतिमेगावाट ५२ करोड रुपैयाँ पुगेको छ । यो प्रारम्भीक लागत मात्र हो । वास्तविक खर्च आएपछि आयोजनाको आयोजनाको लागत अझ बढ्ने देखिन्छ । निजी लगानीमा प्रतिमेगावाट औसत १५ देखि २० करोड रुपैयाँ हारहारीमा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । अन्य आयोजनाको तुलनमा चमेलियाको लागत झण्डै ३ गुणा बढी र हालसम्मको सबैभन्दा महंगो आयोजनामा दर्ज भएको छ । ५२ करोडले ३ मेगावाट जलविद्युत आयोजना सम्पन्न हुन्छ । गत आर्थिक वर्ष ०७३/०७४ को असारसम्म चमेलियामा १४ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । काम बाँकी र दावी भुक्तानीलगायत अन्य गरी अझै १ अर्ब रुपैयाँ लगात थप हुने देखिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । विकास न्युजसंग कुरा गर्दे उनले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको बताए । अब एक महिनाभित्र (सेप्टेम्बर) काम सम्पन्न गरी ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले आयोजना हस्तान्तरण गर्ने सहमति भएको उनले जानकारी दिए । अहिले आयोजनाको मुल सुरुङमा प्रवेश गर्नका लागि बनाइएको सहायक (अडिट) सुरुङ बन्द गर्ने र सफाइको काम भइरहेको छ । आगामी डिसेम्बरसम्म आयोजना सञ्चालनमा आउने लक्ष्य लिए पनि एक महिना अगावै आउने संभावना रहेको दाहाल बताउछन् । दुई साता परीक्षण उत्पादन भएपछि मात्र व्यवसायीक उत्पादनमा जाने उनको भनाई छ । आयोजनाको सुरुङ भरिन २० दिन लाग्नेछ । आयोजनाले सेप्टेम्बर पहिलो साताबाट विद्युत्गृह दार्चुलाको बलाँचबाट कैलालीको अत्तरियासम्मको प्रसारणलाइन परीक्षण गर्ने कार्य सुरु गर्ने भएको छ । दुई हप्तासम्मको अवधिमा यो कार्य सम्पन्न गरिसक्ने लक्ष्य आयोजनाले लिएको छ । यस अघि आयोजनाले बलाँचदेखि अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनका पोलको परीक्षण गरिसकेको छ । लाइन परीक्षण गरेलगत्तै पावर हाउस बलाँच र अत्तरियामा निर्माण गरिएको सवस्टेसनको परीक्षण सुरु गरिने कार्ययोजना रहेको दाहालले जानकारी दिए । आर्थिक वर्ष २०६३/६४ बाट निर्माण सुरु भएको चमेलिया २०६८ सालमा सम्पन्न गर्ने तालिका भए पनि झण्डै ११ वर्षपछि पूरा हुँदैछ । त्यसबेलामा ७ अर्ब रुपैयाँ लगानीमा ३ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । ठेकेदारसँगको अमिझदारी ,सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्या आदि कारणले ढिलो र लागत बढेको प्राधिकरणको भनाई छ । चालु आर्थिक वर्षमा प्राधिकरणले निर्माण गरिरहेको चमेलिया मात्र सम्पन्न हुने भएको छ । चालु आर्थिक वर्षमा सरकारले ८ सय मेगावाट थप बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा निजी क्षेत्रको समेत गरी बढीमा साढे २ सय मेगावाट थप हुने प्राधिकरणले अनुमान गरेको छ । गत वर्ष निजी क्षेत्रबाट ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको छ । हालसम्म बिजुली जडित क्षमता ९८० मेगावाट पुगेको छ ।
सिजी ब्राण्डले परम्परा दशैं तिहार योजना ल्यायो
काठमाडौं । दशैं तथा तिहारको अवसरमा ईलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले आफ्ना सबै ग्राहक वर्गमा सि.जी. परम्परा नामक योजना ल्याएको छ । यस योजनाअन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजेरेटर र एलइडी टि.भी २० देखि ३२ इन्चकोे खरिदमा ग्राहकले सजिलै २० प्रतिशतसम्ममा क्यास ब्याक र फोर के स्मार्ट टि.भी, स्मार्ट टि.भी , टर्वो टि.भी, वासिन मेसिन तथा माइक्रो वेभको खरिदमा पक्का उपहारहरु पाउन सक्ने छन् । साथै, एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनिको अनुसार यो योजना १५ भाद्र२०७४ साल देखि नेपाल अधिराज्यभरि सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।