माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरिया बीच रेमिट्यान्स सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालाकाबीच सम्झौता आदान प्रदान भएको हो । साथै, दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहले एक कार्यक्रमकाबीच उक्त रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका हुन् । यो सम्झौता पश्चात दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुच्छ्रे बैंकका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् । साथै, माछापुच्छ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमा लगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने बताएको छ । बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।
एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरमा विस्तार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा भोजपुरको चेङ्गवेनी चौकमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शुक्रबार एक समारोहका बीच भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले गरेका हुन् । भोजपुर शाखाको उद्घाटनसँगै हाल यस बैंकले १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना गरेको छ ।
हकप्रद लिलामी गरेर पैसा कुम्ल्याउँदै कम्पनी, धितोपत्र बोर्ड भन्छ-सूचना होइन पहुँच पुगेन
काठमाडौं । –माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२ कित्ता हकप्रद सेयर कात्तिक ५ देखि १३ गतेको बिचमा लिलामी गर्यो । -एभरेष्ट बैंकले बिक्रि नभएको ३५ हजार ८४१ कित्ता हकप्रद सेयर गत असोज २० देखि २७ गतेसम्म लिलामी गर्यो । -सिद्धार्थ बैंकले भदौ ६ देखि १४ गतेको अवधीमा आफ्नो २ लाख ५३ हजार ९ सय २२ कित्ता हकप्रद सेयर लिलामी गर्यो । -नेपाल एसबिआई बैंकले साउन ९ देखि १६ गतेसम्म ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गर्यो । लगानी कर्ताले एक सय रुपैंयाँमा किन्न पाउने सेयर यी बैंकहरुले न्युनतम एक सय रुपैंयामा शिलबन्दी गरेर बेचे । यसरी बेचिएको सेयरको प्रति सेयर एक सय रुपैंयाँ कम्पनीको चुक्ता पुँजीमा गणना गरिन्छ भने बाँकी रकम जगेडा कोषमा राखिन्छ । एक सय रुपैंयाँमा पाइने यी सेयर किन बिकेनन् र महंगो मूल्यमा लिलामीमा किन किनियो ? सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिइओ) देवप्रकाश गुप्ता भन्छन–‘लगानी कर्तासम्म पर्याप्त सूचना पुगेको छैन, त्यसैले एक सय रुपैंयाँमा सेयर बिक्रि भैरहेको छैन र कम्पनीहरुले धमाधम लिलामीमा बेचिरहेका छन ।’ उनले हकप्रद सेयर भर्नुपर्ने लगानी कर्ताहरुसम्म सूचना नपुगेको र सेयर भर्न लामो समय लाइनमा बस्नुपर्ने तथा उपत्यका बाहिरसम्म सेयर भर्ने व्यवस्था नभएकाले हकप्रद सेयर नबिकेको बताए । उता, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने लगानी कर्तालाई पर्याप्त मात्रामा सूचना दिएको तर पहुँच नबढेकाले हकप्रद सेयर लिलामीसम्म पुगेको दावी गरे । सूचिकृत कम्पनीहरुले लगानी कर्तासम्म पर्याप्त मात्रामा सूचना पठाईरहेका छैनन । धितोपत्र बोर्डले केहिदिन अघि मात्रै उपत्यका बाहिरबाट पनि हकप्रद सेयर भर्न पाउने व्यवस्था अघि सारेको छ । सूचना नदिने सूचिकृत कम्पनी र उपत्यका बाहिर पहुँच विस्तार नगर्ने धितोपत्र बोर्डका कारण नै हकप्रद सेयरको लिलामीबाट करोडौं कुम्ल्याउने अवसर कम्पनीहरुले पाईरहेका छन् । सूचनाको पहुँच बढाउने बोर्डको योजनाले खासै काम गरेन धितोपत्र बोर्डले २०७३ बैशाख २१ गते सबै सूचिकृत कम्पनीहरुलाई हकप्रद्य सेयर निष्काशनको सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्न निर्देशन दिएको थियो । बोर्डले हक प्रद सेयरको सूचना राष्ट्रियस्तरका दैनिक पत्रिका, आर्थिक समाचार मात्रै प्रकाशित गरिरहेका दैनिक पत्रिका, अनलाइन संचार माध्यम र एफएम रेडियोहरुबाट पनि प्रचार प्रसार गर्न भनेको थियो । बोर्डले निष्काशन खुल्ला भएको पहिलो हप्तामा कम्तिमा २ वटा प्रमुख राष्ट्रिय स्तरको पत्रिकामा, निष्काशन खुल्ला भएका दोस्रो हप्तामा कम्तिमा १ वटा प्रमुख राष्ट्रिय आर्थिक पत्रिकामा, निष्काशन खुल्ला भएका तेस्रो हप्तामा कम्तिमा २ वटा प्रमुख अनलाईन पत्रिकामा र निष्काशन खुल्ला भएका चौथो हप्तामा कम्तिमा २ वटा प्रमुख एफएम रेडियोमा सुचना दिनुपर्ने भनेको थियो ।
सुर्या लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न काठमाण्डौंको बबरमहलमा रहेको उक्त क्यापिटललाई आफ्नो बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्त सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरेका छन् । हालै एनआईसी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाताका साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।
दोस्रो अर्न्तराष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता कार्तिक २५ र २७ गते हुने
काठमाडौं । डिशहोम र नेपाल रिगं रेस्लिङ संघको संयुक्त आयोजनामा यहि कार्तिक २५ गते र २७ गते दोस्रो अर्न्तराष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कबर्ड हलमा २०७४ साल कार्तिक २५ गते र ईटहरी को ठुलो जनता मा.वि. मा कार्तिक २७ गते हुने ‘ दोश्रो अन्तर्राष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता २०१७’ मा ८ देशका व्यावसायिक रेस्लिङ खेलाडीको सहभागिता हुनेछ । अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिहं, निल र माक्सम्यान ले सहभागिता पक्का गरिसकेका छन् । नेपालका तर्फबाट प्रतियोगितामा नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साईन, टुप्पी ग्याङ्गले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाका मेफिस्तो र चेक रिपब्लिकका रोमाना साथै नेपाली महिला रेस्लर द्धय सोफी र दिलासा को सहभागिता जनाउने छन् । त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा खेलका लागि नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डे ले प्रतियोगिताका खेलहरु खेलाउने छन् । यो प्रतियोगिता डिशहोमको मुख्य प्रायोजनमा हुन गइरहेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस् बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । रेस्लिगंप्रेमी दर्शकहरुले प्रतियोगिता स्थलमै गएर हेर्नको लागि भने काठमाडौंको लागि इ-सेवाको कुनैपनि काउन्टर बाट वा merosewa.com बाट टिकट लिन सकिने डिशहोमले जनाएको छ । इटहरीमा हुने प्रतियोगिता भने स्थानीय श्री राष्ट्रिय जागृती क्लबले आयोजना गर्नेछ ।
दूरसञ्चार पूर्वाधार सेवाका लागि अनुमति दिने
काठमाडौ । दूरसञ्चार सेवालाई सरल तथा विश्वसनीय तुल्याउने उद्देश्यका साथ ‘दूरसञ्चार पूर्वाधार सेवा’का लागि अनुमति दिने भएको छ । सरकारले तयार गरेको दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को प्रावधानअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक दुई वटा पूर्वाधार सेवा कम्पनी स्थापना गर्न लागेको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालकाअनुसार पूर्वाधार सेवा प्रदायक संस्थाको स्थापना भएपछि पूर्वाधारमा नक्कल नहुने, ग्राहकले सस्तो सेवा पाउने र वातावरणीय सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ । हाल दूरसञ्चार सेवा प्रदान गर्दै आएका कम्पनीहरुले आफैँले बनाउनुपर्ने अवस्थाको अन्त्य भएपछि त्यसको प्रभावस्वरुप ग्राहकले सस्तो सेवा पाउने विश्वास लिइएको छ ।
चुक्ता पूँजी १ अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरेन्स पहिलो
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा विगत साँढे दुई दशक देखी सक्रिय रहँदै आइराखेको हिमालयन जनरल इन्स्योरेन्सले आफ्नो चुक्ता पूँजी एक अर्ब २ करोड पुर्याएको छ । बीमा समितीको निर्देशन अनुसार बीमा कम्पनीहरुले चुक्तापूँजी निर्जीवनको हकमा १ अर्ब र जीवनबीमाको हकमा दुई अर्ब पुर्याउनु पर्ने बाध्याकारी निर्देशन आएपछि कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्याएको हो । यसरी चुक्ता पूँजी अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरन्स पहिलो रहेको कम्पनीले जनाएको छ । कम्पनीले गत आवमा एक अर्ब ३० करोड रुपैयाँको प्रिमियम संकलन गरेको छ । साथै, कम्पनीले निकट भविश्यमा आफ्नो शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने बताएको छ । हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवा प्रदान गर्दै आइराखेको छ ।
२५ वर्षमा नेपाललाई युरोप र अमेरिकाको स्तरमा पुर्याउने बामपन्थी घोषणा
काठमाडौं । बामपन्थी गठवन्धनले आगामी २५ वर्षभित्र नेपाललाई सम्मुनत बनाई युरोप र अमेरिकाको स्तरमा पर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ । विभिन्न आर्थिक विकासका कार्यक्रम कार्यन्वयन गरेर यो शताब्दीभित्रै अर्थात वि.स. २०९९ सम्म नेपाललाई हालको चीनभन्दा धनी मुलुक बनाउने योजना वामपन्थी गठवन्धनले ल्याएका छन् । यसको आधारका रुपमा आगामी ५ वर्षमा मुलुकलाई अल्पविकशितबाट विकासशीलमा स्तरोन्ती गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । आउदो १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय हालको ७५२ डलरबाट न्युनतम ५ हजार डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गरी नेपाललाई गरिवीमुक्त बनाउने महत्वकाँक्षी लक्ष्य लिएको छ । आसन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली काँग्रेले १० वर्षभित्र हाल कायम रहेको २१.६ प्रतिशत गरिवीको रेखामुनी रहेको जनसंख्यालाई ३ प्रतिशतमा झार्ने योजना निर्वाचन घोषणापत्रमा ल्याएकोमा यसलाई एक कदम अघि बढेर वामपन्थी गठवन्धनले अझै एक कदमअघि बढेर मुलुकलाई गरिवीमुत्त बनाउने योजना ल्याएका हुन् । युरोप र अमेरिकाको स्तरमा पुर्याउन वाम गठवन्धनले आउदो २ वर्षमा नेपाललाई खाद्यन, मासु, माछा, अण्डा र दुधमा पुर्ण रुपमा आत्मनिर्भर बनाई ५ वर्षमा निर्यात गर्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको छ । उत्पादन बढाउन कृषि क्षेत्रमा ठुलो रकम अनुदान लगानी गरी कृषिलाई औद्योगिकीकरण गर्ने योजना घोषणपत्रमा उल्लेख छ । यस्तै विद्युत सेवा नपुगेका जनसंख्यालाई आउदो २ वर्षभित्र सेवा उपलब्ध गराउने, ३ वर्षभित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । आउदो १० वर्षमा जलस्रोत, सौर्य, जैविक वायु र फोहर प्रशोधनलगायत वैकल्पिक स्रोतको प्रयोग गरेर २० हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख छ । घरघरमा बिजुली र जनजनमा सेयर नीति लागु गर्दे आर्कर्षक जलविद्युत आयोजनामा जनताको लगानी प्रोत्साहन गर्ने नीति वाम गठवन्धनको छ । काठमाडौ तराइ द्रुतमार्ग ४ वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । सहकारीलाई अझ प्रवद्र्धन गरी गाउँटोलमा सहकारी र घरघरमा रोजगारी भन्ने नाराका साथ योजना ल्याइने भएको छ । संविधान प्रदत शिक्षाको हक कायम गर्न कुल बजेटको २० प्रतिशत खर्च गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने योजना घोषणापत्रमा उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्ता हालको २ हजारबाट बढाई ५ हजार रुपैयाँ पुर्याउने योजना वामपन्थी गठनवन्धनको छ ।