हिरोको चौंथो र पाँचौं विजेताको नाम घोषित, दुबैले जिते १/१ लाख रुपैयाँ नगद
काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले आफ्नो योजना अन्तर्गतको चौंथो र पाँचौं विजेताको नाम घोषित गरेको छ । कम्पनीकाे गत दशै र तिहारको उपलक्ष्यमा “यो दशै र तिहारमा भाग्य मनि भए”भन्ने नयाँ योजना अन्तर्गत बम्पर लक्की ड्रमा चौंथो विजेता राम सुनेश चौधरी र पाँचौं विजेता अविनय ढुङ्गाना भएका छन् । साथै, यस योजना अन्तर्गत दुबै विजेताले एक/एक लाख रुपैयाँ नगद जितेका छन् । साथै, यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने कम्पनीले बताएको छ । त्यस्तै, साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने कम्पनीले जनाएको छ ।
गोकर्ण बिष्टको घोषणाः अर्काे बर्षदेखि वृद्ध भत्ता पाँच हजार
गुल्मी । । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने बताएका छन् । स्थिर सरकार र समृद्धीका लागि बाम गठबन्धन निर्माण भएर भएर चुनावी मैदानमा रहेकाले अब बन्ने सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने बताएका हुन । गुल्मीको प्रतिनिधी सभा क्षेत्र नम्वर २ का बाम गठबन्धनका उम्मेदवार समेत रहेका विष्टले वृद्ध, अपाङ्ग, दलित, महिला जनजाती लगायत सवै क्षेत्रको सबिधानमा लेखिएका अधिकारहरु ब्यवहारमा लागु गर्नका लागि वाम गठबन्धन निर्माण भएकाले निर्वाचन पछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि गर्ने दावी गरे । आईतबार बिहान वाम गठबन्धन मुसिकोट नगरपालिका वामीटक्सारले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गदै उनले निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई बहुमत आउने दावी गदै त्यसपछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि भई ५ हजार पुग्ने ठोकुवा गरेका हुन । ‘अहिले बृद्ध भत्ता मासिक २ हजार छ ’, उनले भने,‘ यसलाई बढाएर मासिक ५ हजार बनाउन कुनै समस्या छैन ।’ साथै उनले देशलाई सम्पन्न मुलुकका रुपमा चिनाउन र यहाँका जनताको जिवनस्तर माथी उठाउनका लागि यो वाम एकता भएको स्पष्ट पारे । उनले १ स्थानीय तहमा १ उद्योग सञ्चालन गर्ने, टेक्निकल शिक्षालय स्थापना गर्ने, प्रत्येक घरमा खानेपानीको धारा, सिचाई, अस्पताल निर्माण लगायतमा नयाँ ढगंले विकास गर्नका लागि पनि आफु गुल्मी क्षेत्र नम्बर २ वाट प्रतिनिधी सभा निर्वाचनका उम्मेदवार भएको बताए । साथै उनले बिएसम्म निःशुल्क शिक्षा प्रदान गर्ने समेत बताए । नेता विष्टले कार्यक्रमलाई सम्वोधन गदै मुसिकोट नगरपालिकाको गूरु योजना निमार्ण गर्ने काम अगाडि बढीरहेको जानकारी गराउदै गूरु योजना सम्पन्न भएपछि मुसिकोट नगरपालिका देशकै नमुना बन्ने बताए । ‘म आफु जनताको काम गर्नका लागि सेवकको रुपमा उपस्थित भएको छु’ विष्टले भने ‘मैले राजनितीलाई गफको रुपमा हैन, जनताको विकास र समृद्धीसगँ बुझेको छु ।’
कार्यालय प्रयोजनबाहेक बाणिज्य बैंकका कर्मचारीलाई इन्टरनेटमा बन्देज
काठमाडौं । सूचना प्रविधि (आईटी सेक्युरिटी) सुरक्षाको कारण देखाउँदै बाणिज्य बैंकहरुले कर्मचारीलाई कार्यस्थलमा इन्टरनेट प्रयोगमा रोक लगाएका छन् । ह्याकरले स्वीफट ह्याक गरी एनआईसी एसिया बैंकबाट करोडौ रुपैयाँ चोर्ने प्रयास गरेपछि सुरक्षा जोखिम देखाउदै सबै बैंक व्यवस्थापनले कर्मचारीलाई कार्यालयको काम बाहेक अन्य इन्टरनेट सेवा चलाउन नपाउने व्यवस्था गरेका हुन् । कर्मचारीको कामको प्रकृति हेरेर आवश्यकता अनुसार मात्रै इन्टरनेटमा पंहुच दिइएको छ । केही बैंकले यसअघि नै कर्मचारीलाई इन्टरनेटको पंहुच बाहिर राखेका थिए । एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि भने अधिकांश बाणिज्य बैंकहरुले कडाई गरेका हुन् । बैंकका कर्मचारीले फेसबुक, ट्विटर, यूट्युव लगायतका सामाजिक सञ्जाल र इमेल तथा गुगल जस्ता सर्च इञ्जिन प्रयोगमा बन्देज गरिएको छ । सीमित व्यक्तिलाई मात्र इन्टरनेट सुविधा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले स्वीकार गरेका छन् । बैंकले काम सकिएपछि रात्रीकालिन समयमा दैनिक १२ घण्टासम्म स्वीफ्ट प्रणाली बन्द (डाउन) गरिरहेका छन् । स्वीफ्ट ह्याकको संभावना रहेको भन्दै यसको प्रणालीलाई राती डाउन गर्न थालिएको हो । कर्मचारीलाई कार्यलयको काम बाहेक अन्य काम गर्न इन्टरनेट सुविधा बन्द गरिएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परर्शुराम क्षेत्री बताउँछन् । साइबर ह्याक बढ्दै गएकाले सुरक्षाका लागि इन्टरनेट पंहुच हटाइएको उनको भनाई छ । आवश्यकताअनुसार कार्यालयको काम परेमात्र लिंक दिने गरेको क्षेत्रीले जानकारी दिए । ‘साइबर सेक्युरटीको जोखिम बढेपछि इन्टरनेट प्रयोगमा कडाई र निगरानी गरेका हौं’, जनता बैंकका सिइओ क्षेत्रीले भने । माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठले पनि एनआईसी एसियामा ह्याक भएपछि सुरक्षाको कारण कर्मचारीलाई इन्टरनेट पंहुच बन्द गरिएको बताए । सुरक्षाका कारण कर्मचारीलाई कार्यालय प्रयोजन बाहेक अन्य कामका लागि इन्टरनेट चलाउन नसक्ने व्यवस्था गरिएको उनको भनाई छ । मेल पठाएर ह्याकरले प्रणालीलाई ह्याक गरी पैसा चोर्नेलगायत जाेखिम देखिएपछि इन्टरनेट सुविधा नदिएको श्रेष्ठ बताए । आवश्यक व्यक्तिले बैंकको सफटवेयर मात्र सञ्चालन गर्न पाउने छन् । उनले बैंक डिजिटल डाटा सुरक्षा जटिल बन्दै गएकाले पंहुचमा कडार्इ गर्नु परेकाे बताए । धेरै अघिदेखि कर्मचारीलाई इन्टरनेट सेवा बन्द गरिएको स्ट्याण्डर्ड चाटर्ड बैंकका ब्राण्ड तथा संस्थागत मामिला प्रमुख दीवाकर पौडेल बताए । “हामी ग्लोबल प्रणालीअनुसार सञ्चालन हुने भएकाले सोही अनुसार बैंकिङ सुरक्षा प्रणाली रहेको छ” उनले भने “बैंकमा कुनै पनि कर्मचारीले इन्टरनेट प्रयोग गरेर फेसवुक, ट्विटर, गुगल र इमेल खोल्न सक्दैनन् ।” ग्लोबल आइएमई बैंकका सीईओ जनक शर्माले पनि बैंकले सुरक्षा प्रणालीलाई अझ मजबुत बनाएको बताए । विकासन्युजसंग कुरा गर्दै उनले आइटी सुरक्षामा बैकले जोड दिएको बताए । एनआईसी एसियाका सीईओ लक्ष्मण रिसाल आईटीको प्रयोग गर्दा यसको जोखिम, डिजिटल डाटाको सुरक्षाको बारेमा होसियार र चनाखो हुनु पर्ने बताउँछन् । ‘अपरिचित इमेल नखोल्न, आए त्यसलाई डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन कर्मचारीसलाई निर्देशन दिएका छौं’, रिसालले भने । राष्ट्र बैंकले बैंकलाई आईटी सुरक्षाको तालिम दिने आइटी प्रणालीको सुरक्षा कमजोर भएको भन्दै नियामक नेपाल राष्ट्र बैंकले आइटी सुरक्षाको जानकारी गराउने भएको छ । साइबरमाथिको जोखिम बढ्दै गएपछि राष्ट्र बैंकले आइटी विज्ञलाइ ल्याएर सुरक्षाको बारेमा जानकारी गराउन लागेको हो । यसका लागि राष्ट्र बैंकले काम थालेको प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । एक महिनाभित्र बैंकका आइटी अधिकारीलाई तालिम दिने उनले जानकारी दिए । राष्ट्र बैंकले आइटीको विषयमा पहिला नै निर्देशिका ल्याइसकेको उनले बताए ।
एनआईसी एशिया बैंकको थप तीन नयाँ शाखा सञ्चालनमा, शाखा सङ्ख्या १३३ पुग्यो
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएकाे छ । बैंकले आइतबार (कार्तिक १९ गते) बाँकेको खजुरा, बारबर्दियाको मगरागडी र त्यसैगरी मोरङको रमाइलो चौकमा थप तीन शाखा सञ्चालनमा ल्याएको हो । उक्त खजुरा र मगरागडी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पाडैलले र रमाईलो शाखाको उद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले गरेका हुन् । यस ३ शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको बताएको छ । साथै, बैंकले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।
दोहोरो अंकले घटेको बजारमा समता माइक्रो फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं । आइतबारको बजार दोहोरो अंकले घटेको छ । १५९ कम्पनीको कारोबार भएको दिन १८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा पनि सबैभन्दा बढी समता माइक्रोफाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ रहेको छ । उक्त रकम अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४५ रुपैयाँ बढी हो । त्यस्तै, न्याङ्दी ग्रुप पावरका लगानीकर्ताले ५.२२ प्रतिशत र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् । आइतबार सबैभन्दा बढी स्वावलम्बन लघुवित्त विकास बैंकका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, गुराँस फाइनान्स, सनराइज बैंक र कैलाश विकास बैंकको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचक १४९६ अंकमा, ६३ करोडको सेयर कारोबार
काठमाडौं । आइतबारको सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुलेको केही समय पछि निरन्तर दोहोरो अंकले ओरालो लागेको नेप्से बजार बन्द हुँदा २६.३५ अंकले ओरालो लागेर १४९६ अंकमा झरेको छ । नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने केही वृद्धि भएको छ । सो दिन १५९ कम्पनीको ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १५७ अंकले ओरालो लागेको छ । होटल र फाइनान्स समूह क्रमशः ९ र ६ अंकले घटेका छन् । ट्रेनिङ समूहको परिसूचक २ अंकले उकालो लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले राताम्मे भएका छन् ।
सिटी एक्स्प्रेस मनी ट्रान्सफरको आठौँ हप्ताको बिजेता घोषित
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको आठौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा निर्मल सापकोटा, कमला भण्डारी, प्रेम बहादुर नेपाली, दिवस भट्टराई, छबिलाल थापा, मदन कुमार राई र चेत कुमारी सिग्देल छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा रुपन्देहीका जय लाल न्यौपाने छनोट भएका छन् ।
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने बाम गठबन्धनको प्रतिबद्धता
काठमाडौं । दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, फुल र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) संयुक्तपमा जनतामा गएको छ । वाम गठबन्धनले तयार गरेको घोषणापत्रमा भनिएको छ, “पाँच वर्षभित्र मुलुकलाई खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याइनेछ । सबैका लागि खाद्य पोषण सुरक्षा प्रत्याभूत गरिनेछ ।” कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गर्दै उत्पादनमा ठूलो मात्रामा अनुदान लगानी गरिने प्रतिबद्धता जनाइएको छ । कृषि भूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल एउटै बाली उत्पादन गरिने योजना अगाडि सारिएको छ । कृषि फार्ममा डेरी, पोल्ट्री, पशुपक्षी, मौरी र माछापालन र खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादन गर्ने र बीउ सुरक्षा कार्यक्रम लागू गरिने प्रतिबद्धतासहित जनताका घरदैलोमा जान पार्टीले निर्देशन दिएको अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीले बताए । कृषि उत्पादनलाई औद्योगीकरण गर्ने र विभिन्न क्षेत्रमा कृषि बजारमा आधारित आधुनिक औद्योगिक शहर विकास गरिने योजना कार्यान्वयन गरी ग्रामीण क्षेत्रका जनतालाई यिनै शहरमा पुनःस्थापित गरिने घोषणापत्रमा उल्लेख छ । कृषि उत्पादन, भण्डारण र वितरणमा अत्याधुनिक प्रविधि प्रयोगका साथै यान्त्रिकीकरण गरिने र सबै किसिमका खाद्य तथा अखाद्य कृषि बाली तथा पशुपक्षी व्यवसायमा बीमा व्यवस्था लागू गरिने गठबन्धनले उल्लेख गरेको छ । बजारमा बिक्री हुन नसकेका व्यावसायिक उत्पादन सरकारले खरिद गरी जैविक विद्युत् उत्पादनमा प्रयोग गर्ने तथा हरेक स्थानीय तहका उत्पादन क्षेत्रमा सरकारबाट मान्यता प्राप्त कृषि तालीम केन्द्रका साथै कृषि बजार, कृषि उपचार, पशु सेवा केन्द्रसहित एकीकृत सेवा केन्द्र स्थापना गरिने बताइएको छ । जनशक्ति विकास गर्न आवश्यक संख्यामा व्यावसायिक र प्राविधिक स्कुल, कलेज, तथा तालीम केन्द्र स्थापना गरिने वाम गठबन्धनको योजना रहेको अनेरास्ववियुका महासचिव ऐन महरले बताए । यिनै विषयलाई जनतामा लिएर जान आफ्नो पार्टीले निर्देशन दिएको उनले उल्लेख गरे । नेपालको हिमाली क्षेत्रमा प्राकृतिक शीतभण्डार निर्माण गरिने छ र ती शीत भण्डारलाई राजमार्गसँग जोडिने र कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गरिने घोषणापत्रमा उल्लेख छ । कृषि उत्पादन प्राङगारिक मलमा आधारित गराइने प्रतिबद्धता गरिएको सो घोषणापत्रमा भनिएको छ, “रासायनिक किटनाशक विषादीको ठाउँमा प्राङ्गारिक विषादी प्रयोग गरिने छ । आगामी १० वर्षमा नेपाललाई प्राङ्गारिक मुलुक घोषणा गरिने छ ।” कृषि भूमिमा पानीः सिँचाइमा लगानी पाँच वर्षमा सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गरिने उल्लेख गरिएको घोषणपत्रमा ठूला सिँचाइ आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता पनि जनाइएको छ । गठबन्धनले तराई–मधेस र भित्री तराईको कृषि भूमि सिँचाइ गर्न तमोर–मोरङ डाइभर्सन, सुनकोशी–कमला र सुनकोशी–मरिन–वागमती डाइभर्सन, कालीगण्डकी–तिनाउ डाइभर्सन, राप्ती–सुराई डाइभर्सन, भेरी–बबई डाइभर्सन, पश्चिमसेती–कैलालीजस्ता नदी डाइभर्सन योजना अगाडि बढाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । पुराना सिँचाइ प्रणालीलाई मर्मतसंभार तथा पुनःनिर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गरिने र चुरे तथा महाभारत क्षेत्रबाट बग्ने नदीको मुहानमा बाँध निर्माण गरी बाढी नियन्त्रण, विद्युत् उत्पादन, सिँचाइ तथा माछापालन कार्यक्रम लागू गरिने घोषणापत्रमा जनाइएको छ । त्यसैगरी वर्षात्को पानीसमेत उपयोग गरी राष्ट्रव्यापीरूपमा ताल र साना ठूला पोखरी निर्माण गरी डढेलो नियन्त्रण, चरिचरण र अन्य सिँचाइमा सदुपयोग गरिने भनिएको छ । भूमिगत सिँचाइ सम्भाव्य भएका तराई–मधेश र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भू–भागमा अवस्थित समथर भू–भाग, बेँसी तथा सौर्य ऊर्जा एवं अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ सञ्चालन गरिने पनि उल्लेख गरिएको छ । आकाशे पानी संकलन तथा भण्डारण, थोपा तथा फोहोरा सिँचाइ, प्लाष्टिक पोखरी र तालतलैया एवं पानीका अन्य स्रोत प्रयोगद्वारा कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने पनि घोषणापत्रमा जनाइएको छ ।