नबिल बैंकका सीर्इअाे सशीन जोशीको राजीनामा स्वीकृत, उपेन्द्र पाैडेल अाजै नियुक्त
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आज (मंसिर १९ गते) बसेको सञ्चालक समितिको बैंठकले स्वीकृत गरेको हो । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत भएको बैंकले जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको प्रगतिविवरण कमजोर बनेपछि सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतहरुलाई राम्रो नतिजा निकाल्न चर्को दवाव दिन थालेका छन् । त्यसैको परिणाम प्रमुख कार्यकारी अधिकृतहरु आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा गर्न बाध्य हुने गरेको जानकारहरु बताउँछन् । जोशी नविल बैंकमा चार वर्षको लागि नियुक्त भएको थिए । तर साढे दुई वर्ष पुरा नहुँदै उनले पदबाट राजीनामा दिएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४७ प्रतिशत लाभांश दिएको थियो । तर बैंकको प्रर्फमेन्सबाट प्रर्वद्धक र सञ्चालक समिति असन्तुष्ट रहेको जोशीले बताउँदै आएका थिए । विकासन्यूजसँग कुरा गर्दै जाेशीले अाफूले स्वेच्छाले राजीनामा दिएकाे बताए । बैकिङ क्षेत्रबाट बाहिने साेचसहित साेमबार राजीनामा बुझाएकाे उनले बताए । जाेशी अरू बैंकमा जानकाे लागि नबिल बैंक छाेडेकाे भन्ने हल्ला अाधारहिन भएकाे उनले बताए । त्यसैगरी नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गरेको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको छ । एनबी इन्टरनेशनलको मुख्य लगानीकर्ता विनोद चौधरी हुन् । पौडेल यसअघि एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा करिव १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भई काम गरेको पौडेलसँग तीन दशकभन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
विजय डिष्टीलरीको नयाँ रम बजारमा, ३५० देखि १४०० रुपैयाँ सम्ममा पाइने
काठमाडौं । नेपालको प्रतिष्ठित कम्पनी जावाखेल ग्रुपअफ इन्डष्ट्रिज अन्तर्गतको विजय डिष्टीलरी प्रा.ली. द्वारा उत्पादित ग्राण्ड मास्टर रम नेपाली बजारमा आएको छ । रमको पारखीहरुलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिद्घारा उत्पादित उच्च गुणस्तरिय ग्राण्ड मास्टर रम उत्कृष्ट स्वादको साथ स्टाइलिस् बोतलमा बजारमा ल्याइएको हो । उक्त रम ७५०, ३७५ र १८० मि.लि. को मूल्य क्रमशः १४०० रुपैयाँ, ७०० रुपैयाँ र ३५० रुपैयाँ रहेको छ ।
मोबाइल र फेसबुकले बालविवाह बढायो, बैतडीमा घर छोडेर भाग्ने केटीहरु विकराल समस्यामा
बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन बढिरहेको बालबालिकाका क्षेत्रमा काम गर्ने संघसस्थाले जनाएका छन् । अब बैतडीका किशोरीलाई १२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्नेगरी स्थानीयस्तरमा कानून बनाउनुपर्ने युवा सञ्जाल बैतडीका सदस्य सपना रानामगरले बताइन् । सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन् । उनले भनिन् “पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ ।” अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको शिकार हुनुपरेको समेत उनले बताइन् । बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जाने गरेको उनले बताइन् । बैतडीको सीमा—नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा हालसम्म २४ जना किशोरकिशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ । यसैबीच, बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना पनि तयार पारिएको छ । सन् २०३० मा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडी जिल्लालाई पनि बालविवाहमुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो । बैतडीका १० वटै स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, किशोरीवृत्त, प्रतिष्ठित धामीसमूह, पत्रकारलगायत सरोकारवालाले बालविवाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । बैतडीमा किशोरी सञ्जाल, किशोरी समूह, किशोरी वृत गठन गरी बालविवाह न्यूनीकरण गर्नका लागि किशोरी सक्रिय रहेका छन् ।
चुनावको मौका छोपी नक्कली नोट: पर्वत, बाग्लुङ र म्याग्दीमा हजार रूपैयाँकाे नाेट नक्कली
पर्वत । यस जिल्लाका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरूमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बाग्लुङ र म्याग्दीमा पनि केही दिनअघि नक्कली नोट भेटिएकोमा अहिले पर्वतमा पसल र वित्तीय संस्थामा जम्मा गर्न ल्याइएकामध्ये केहीमा नक्कली नोट भेटिन थालेका छन् । कुश्मामा नक्कली नोट भेटिने क्रममा गण्डकी विकास बैंकका जम्मा गर्ने क्रममा एक लाखको मुठोमा एउटा हजारको नक्कली नोट फेला परेको थियो भने ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन बैंकमा जम्मा गर्न ल्याएको पैसाको बिटोमा नक्कली नोट भेटिएको थियो । गण्डकी विकास बैंकमा केही दिनपहिले गुरुङ थरका ग्राहकले रकम जम्मा गर्न ल्याउने क्रममा उक्त नोट भेटिएको थियो भने ग्रीन बैंकमा स्थानीय सुदीप राजण्डारीले ग्राहकले जम्मा गर्न ल्याएको पैसाको बिटोमा पनि एक हजार रुपैयाँको नक्कली नोट फेला परेको बताइएको छ । नक्कली नोटमा कलम लेख्दा फुल्ने एवं सजिलै डल्लो पर्ने गरेको बैंकका अधिकारीको अनुभव छ । म्याग्दी र बाग्लुङमा जस्तै पर्वत पातीचौरमा पनि नक्कली नोट भेटिएको थियो । चुनावको मुखमा यसरी नक्कली नोट भेटिनुले मतदातालाई प्रभावित पार्नका लागि नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । मतदान अगाडि जनतालाई आफ्नो पक्षमा पार्नका लागि मतदातालाई पैसा दिने गरेका आशंका सर्वत्र गरिएका बेला नक्कली नोट भेटिन थालेपछि त्यही प्रयोजनका लागि यस्ता नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । पर्वतका वित्तीय क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले यस्तो समयमा नचिनेका मानिसहरूले दिएको रकम पहिचान नगरी नबुझ्न आग्रह गरेका छन् । नक्कली नोट फेला परेमा ग्राहकलाई मुलुकी ऐन अनुसार जाली नोटमा जेल सजाय समेत हुन्छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दीलिप घिमिरेका अनुसार जाली नोट कारोबारमा राष्ट्र बैंकले पनि कारबाही गर्छ भने मुलुकी ऐनअनुसार जेल सजायसमेत हुन्छ । चलनचल्तीकै जस्ता देखिने नोट सामान्य मानिसहरूले पहिचान गर्न नसक्ने भएकाले पनि त्यस्ता ठाउँमा नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बजारमा भेटिएका नक्कली नोटको बीचमा रहेको स्टीकरमा एनआरबी नलेखिएको र हिमालको नजिकै रहेको गोलाकारभित्र अंकित तस्बिर नभएको जनाइएको छ । यस्ता नोटहरू बजारमा आउँदा अर्थतन्त्रलाई नकरात्मक असर पर्ने भएकाले यस्तो गतिविधिमा संलग्नहरूलाई कारवाहीको प्रक्रियामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् । निर्वाचनका बेला खर्च हुने ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूबाट कारोवार नगरी सिधै हुने भएकाले यस्ता नोटहरूको चलखेल हुन सक्ने भन्दै नक्कली नोटका कारोवारीहरू यहीबेला सल्वलाउन सक्ने भएकाले छानविन प्रक्रिया अगाडि बढाउनुपर्ने सरोवारवालाले माग गरेका छन् । (काराेबार दैनिकबाट)
नबिल बैंकले एकै दिन थप १० शाखाहरु विस्तार गर्यो
काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हालै खोलिएका १० नयाँ शाखाहरु सहित नबिल बैंकले ६२ वटा शाखाहरु तथा २ एक्स्टेन्शन काउन्टर सहितको बृहत सञ्जाल, १०० वटा एटिएमहरु र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी रुपमा र वैदेशि अवस्थित अन्य धेरै बैंकिङ एजेन्सीहरु मार्फत् विश्वभर सेवा प्रदान गरि आएकाे नविलले जनाएको छ ।
पाँंच दिने नेपाल चेम्वर एक्स्पो सकियो, पाँंच करोड भन्दा बढीको कारोबार
काठमाडौ । पाँंचदिने नेपाल चेम्वर एक्स्पो २०७४ सोमबार सम्पन्न भएको छ । ५० हजार भन्दा बढीले अवलोकन गरेकाे उक्त एक्स्पोमा पाँंच करोड भन्दा बढीको कारोबार भएको छ । एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरुको अर्डर बढी भएको जानकारी दिए । साथै निर्माण सामाग्रीका रुपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यालनलहरुको अर्डर वढी देखिएको संयोजक चाकुवजीले जनाए । मेलामा सर्वसाधारणहरु विशेष रुपमा झुमिएका थिए । उनीहरु विशेष गरेर जाडोको मौसममा चाहिने ज्याकेट लगायतका लुगाफाटा खरिद गर्नेमा बढी भीड देखिएको थियो । एक्स्पोमा अटोमोवाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फलोरिंग एण्ड फर्निसिंग, होम अप्लाइन्स, फेशन वेयर, मोवाइललगायतका दुई सय २५ वटा स्टलहरु राखिएका थिए । एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको थियो । चेम्वरले गरेको यो तेश्रौ एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्टिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको थियो भने थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको थियो ।
श्री इन्भेष्टमेन्टलाई ८३ प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीलाई ८३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई सोमबार(आज) १० बराबर ८.३ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई २८ करोड ६७ लाख रुपैयाँ बराबरको २८ लाख ६७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । ८३ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ६३ करोड रुपैयाँ नाघ्ने छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २७ गतेदेखि बुक क्लोज, ८०% हकप्रद जारी गर्दै
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २७ गतेदेखि पुस ४ गते सम्म बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको पुँजी २ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने छ ।