विकासन्युज

लडर्स मोबाइल गेम २०१७ को उत्कृष्ट, खेलाडीको संख्या ९० लाख

काठमाडौं । “सबैेभन्दा प्रतिस्पर्धात्मक गेम” भनेर २०१६े मा उपाधि पाएको लर्डस् मोबाइल गेमलाई २०१७ मा “उत्कृष्ट मल्टिप्लियर अनलाई गेम” को उपाधिका लागि मनोनित गरिएको छ । यो गेम गृगल प्लेमा “सम्पादकको छनोट”े को विधामा पनि परेको छ । २०१६ मा विश्वभरका ६५ लाख खेलाडीहरुले खेलेको यो गेम हाल २०१७ मा विश्वभरका खेलाडीहरु बढेर ९० लाख पुगेको छ । यसको रेट गृगल प्लेमा ४.५ रहेको छ । लर्डस् मोबाइल गेम उत्पादक कम्पनी आइ गट गेमस् हो । एप ऐनीको अनुसार “लर्डस् मोबाइल” गेमले एप स्टोर, आईओएस र गृगल प्लेमा अत्याधिक गर्सिप प्राप्त गरेको छ । गृगल प्लेमा यो गेम गर्सिप चार्टको दोस्रो स्थामा रहेको छ र तेस्रो स्थानमा सोही गेम कम्पनिको अर्को गेम “क्ल्यस अपm कल्यान” परेको छ । क्ल्यस अपm कल्यान पनि गृगल प्लेमा “सम्पादकको छनोट”को विधामा यरेको छ । ४० नायकहरु रहेको यस गेममा सबै नायकहरुको विभिन्न क्षमता , विशेषता , डिजाईन र सबैको पृष्ठभुमि भिन्न रहेको छ । यो रणनीति भिडियो गेम र व्यापक मल्टीप्लेयर अनलाइन गेम हो । यो गेम उत्पादक कम्पनी आइ गट गेमस्का अनुसार यसमा भयानाक राक्षसहरु र शक्तिशाली दुश्मनहरुको अराजकतामा रहेका विदेशी जादुई भूमिहरुलाई स्वतन्त्र गराउन आवश्यक नायकको र साथीको छनोट गर्नुहोस् अनि युदमा गई विजय प्राप्त गरी आपmनो समराज्य बनाउनुहोस् । दुश्मनहरुलाई कैद गर्नुहोस् र आपmनो समराज्य बढाउनुहोस् ।

ललितपुरमा बिट मार्दै एनसेल मेला २०७४ सम्पन्न, नयाँ प्रस्तुतिमा फोरजी थिममा आधारित गेमहरु

काठमाडौं । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजना पश्चात बिट मारेको छ । ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोड व्याण्ड सेवालङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न, कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो । तीनै शहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकहरुले सहभागिताजनाई गीत, संगीत, फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलावहरुबाट मनोरञ्जन लिएका छन् । एनसेल मेला पुस ८ गते पोखरामा, पुस १५ गते विराटनगरमा र पुस २९ गते ललितपुरमा आयोजना गरिएको थियो । मेलामा प्रख्यात कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजी थिममा आधारित विभिन्न गेमहरु, किड्स जोन, जादु र फुड स्टलहरु लगायतविविध रोचक क्रियाकलापहरु समावेश गरिएका थिए । मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमाकबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरुले उनीहरुको प्रस्तुतिसँगै नाच्दै झुमेका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागिताले मेलामाआकर्षण थपिएको थियो । “एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागी भई मेलालाई सफल बनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रति आभारी छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “जुन उत्सुकताका साथ मेलामा आगन्तुकहरुले देशको २१ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको परिक्षण तथा अनुभव लिनु भयो यसले हामीलाई थप उर्जा दिएको छ । डिजिटल नेपालको भिजनमा योगदान पुर्याउदै अझ धेरै नेपालीहरुलाई मोवाइलब्रोडब्याण्डले ल्याउने अवसरहरुसँग जोड्न एनसेल प्रतिवद्घ छ ।” मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाले ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणको मजा लिएका थिए ।

अपी पावर कम्पनीको साधारणसभा आज, २ सय प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारित होला ?

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज १ बजे हुदैछ । साधारणसभामा २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पेश हुदैछ । जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्न अपीले हकप्रद सेयर निष्कासन गर्ने भनेको छ । साधारणसभाबाट २ सय प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित भएपछि प्रक्रिया अघि बढाउने उसको तयारी छ । कम्पनीले हकप्रद सेयर मध्ये १ अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा र १ अर्ब २६ करोड ८० लाख रुपैयाँ १८ मेगावाट क्षमताका विभिन्न सौर्य आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेको भन्दा कम दरमा सोलारको बिजुली खरिद गर्ने कार्यविधि ल्याएपछि अपीको सोलार योजना अलपत्र परेको छ । यसअघि ऊर्जा संकट समधान गर्न सरकारले सोलार प्रविधिबाट उत्पादन हुने बिजुली खरिद गर्ने भनेपछि २१ कम्पनीले ६१ मेगावाट बिजुली उत्पादन योजनासहित प्राधिकरणमा पीपीएका लागि निवेदन दिएका थिए । त्यसबेला प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ६१ पैसा आधारदर तयार गरेको थियो । कम्पनीहरुले प्रतियुनिट ९ रुपैयाँ ४५ पैसा र ८ रुपैयाँ ३५ पैसामा बिजुली बेच्ने प्रस्ताव गरेका थिए । ऊर्जा मन्त्रालयले हालसालै तयार पारेको सोलारबाट बिजुली उत्पादन गर्ने निर्देशिकामा प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर कायम गरेपछि यसलाई अघि बढाउन कानूनी समस्या भएको हो । गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले निर्माण गर्ने विभिन्न जलविद्युत र सौर्य आयोजनामा लगानीका लागि बैंकबाट ऋण लिने अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव सभाले पारित गर्नेछ । कम्पनीले २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ । अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ७५ मेगावाटको त्रिशुली गल्छीमा बनाउने भनेपनि बैंकले लगानी नगर्ने भनेपछि सिद्धकालीले क्षमता घटाएर २६ मेगावाटको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ ।

नयाँ जीवन बीमा कम्पनीहरु सकसमा, खर्च बढी, व्यापार कम

काठमाडौं । खर्च बढी, व्यापार कम हुँदा नयाँ जीवन बीमा कम्पनी सकस बेहोरिरहेका छन् ।  नयाँ ९ वटा जीवन बीमा कम्पनी थपिएपछि पुराना ९ वटा कम्पनीहरु आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । तर, पुराना कम्पनीको जस्तो बोनस दर घोषणा गर्न पनि नपाएका, मानिसहरुलाई आकर्षित गर्ने बीमा पोलिसी ल्याउन पनि नसकेका, भरर्खरै सञ्जाल विस्तार र प्रणालीगत विकासमा काम गर्दै गरेका नयाँ बीमा कम्पनीहरुले प्रतिस्पर्धा कठिन भएको महसुश गरेका छन् । ठूलो पुँजी, खर्चिला कर्मचारी, प्रतिष्पर्धात्मक बजारका बीच व्यवसाय बढाउँनै पर्ने बाध्यताका कारण नयाँ जीवन बीमा कम्पनीका सिइओहरु दबावमा परेका हुन् । धेरै बीमा कम्पनीहरुले खर्च कटौति गर्ने उपायको रुपमा प्रमुख कार्यकारी अधिकृत नियुक्त नै गरेका छैनन् भने एक कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएका छन् । स्रोतका अनुसार आईएमई लाइफमा कामु प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका राकेश पोखरेलले कम्पनीको चुनौति थेग्न नसकेर पदबाट राजीनामा दिएका छन् । यसै आर्थिक वर्षमा सञ्चालनमा आएका आईएमई लाइफ, युनियन लाईफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायवल लाइफ, सिटिजन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका उच्च व्यवस्थापन समूह चर्को दवाममा रहेर काम गरिरहेको जानकारहरुले बताएका छन् । ‘नयाँ जीवन बीमा कम्पनीका सिइओहरु व्यवसाय वृद्धि र सञ्चालकहरुको महत्वकांक्षाका कारण चिन्तित देखिनुहुन्छ, उहाँहरुले साह्रै दबाव झेल्नु परेको कुरा हामीसँग गरिरहनु भएको छ’, बीमा समिति स्रोेतले भन्यो । नयाँ कम्पनीका एक जना सिइओका अनुसार कम्पनीलाई नाफा घाटा बराबर (ब्रेक इभन)मा लैजान ३० देखि ३५ हजार पोलिसी बेच्नु पर्छ । तर अहिले नै सो मात्रामा पोलिसी बेच्न सकिने अवस्था छैन् । अधिकांश नयाँ कम्पनीले पुराना कम्पनीबाट कर्मचारी तानेका छन् । त्यसरी ल्याईएका कर्मचारीलाई न्युनतम एक तह बढुवा पनि गरिएको छ र तलब पनि पुरानोमा भन्दा बढी दिइएको छ । तर उनीहरुले तलब र पद अनुसारको जिम्मेवारी पूरा गर्न नसकिरहेको ठम्याई बीमा समितिले गरेको छ । ‘पुराना कम्पनीका कर्मचारीलाई बढी तलब र माथिल्लो पद दिएर ल्याएका छन्, तर उनीहरुले सो अनुसार काम गर्न नसकिरहेको देखिन्छ, यसले पनि कम्पनी व्यवस्थापन तनावमा परेको छ’ स्रोतले भन्यो । निर्जीवन बीमा कम्पनीका काम गरि अनुभव हासिल गरेको र जीवन बीमा कम्पनी प्रवेश गरेका कर्मचारीहरुले पनि काम गर्न कठिन भएको महसुस गरेको छन् । नयाँ कम्पनीहरुको लागि पूर्वाधार निर्माण गर्न, शाखा, अभिकर्ताहरुको नेटवर्क निर्माण गर्न, प्रणालीगत विकास गर्न केही समय लाग्ने भएकोले तत्काल नयाँ कम्पनीले अधिक बीमा गराउन नसक्ने बताउँछन् यूनिय लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण । ‘बजार ठूलो छ, यो वर्ष मात्र बजार ५० प्रतिशतले विस्तार हुन सक्छ । नयाँ कम्पनीको लागि पनि बजार प्रशस्त छ’ उनले भने–‘बीमा गर्नको लागि आवश्यक सबै प्रकारको पूर्वाधार निर्माण गर्न पनि नयाँ कम्पनीहरुको लागि केही समय लाग्छ ।’ नयाँ कम्पनीहरुको लागि आकर्षक बीमा पोलिसीहरुको विकास गर्नु पनि ठूलो चुनौति रहेको जानकारहरु बताउँछन् । बजारमा भईरहेको र पुराना कम्पनीहरुले बेचिरहेका प्रकृतिको बीमा पोलिसी बिक्री गर्न नयाँ बीमा कम्पनीहरुको लागि कठिन छन् । फरक र आकर्षक बीमा पोलिसी बनाएर ल्याउन सकिरहेका छैनन् । नयाँ कम्पनीले सञ्चालनमा आएको एक वर्षपछि मात्र नाफाको आधारमा बोनस दर घोषणा गर्न पाउने छन् । पुराना कम्पनीले पोलिसीका विभिन्न विशेषताको साथै आकर्षक बोनस दर अपिल गरिरहेका हुन्छन् । नयाँ कम्पनीका लागि यो सम्भव भएको छैन । ‘सामाजिक सुरक्षा र बचतको नाराले मात्र बीमा गराउन सकिदैन, व्यवसायिक लाभको अपिल पनि गर्नैपर्छ’ एक बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले नाम नखोल्ने सर्तमा भने–नयाँ कम्पनीहरुले सामाजिक सुरक्षा र अनिवार्य बचतको प्रस्ताव गर्न सक्छन्, तर व्यवसायिक लाभको प्रस्ताव गर्न सक्दैनन् । नयाँ बीमा कम्पनीको लागि यो ठूलो चुनौति हो । नयाँ बीमा कम्पनीहरुको नाफा तत्कालका लागि बढ्नुको साटो घट्ने देखिएको छ । नयाँ जीवन बीमा कम्पनीहरुले २ अर्ब चुक्ता पुँजीमध्ये ७० प्रतिशत अर्थात एक अर्ब ४० करोड रुपैंयाँ बुझाउनुपर्ने थियो । सो रकममध्ये एक अर्ब २० करोड रुपैंयाँ बाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा राखेर बीमा समितिलाई एयरमार्क गर्नुपर्ने थियो । बाँकी रहेको २० करोड भने चालु खातामा राखेर कार्यालय सञ्चालनमा उपयोग गर्न पाइने व्यवस्था छ । मुद्दति खातामा राखेको पैसाले राम्रो व्याज पाएकाले शुरुका त्रैमासिक वित्तीय विवरणमा नयाँ कम्पनीले नाफा गरेको देखिए पनि यो नाफा क्रमशः घट्दै जाने देखिएको छ । कम्पनीका शाखा, कर्मचारी वृद्धिसँगै सञ्चालन खर्च बढेको तुलनामा व्यापार विस्तार गर्न नसक्ने कम्पनीहरु नोक्सानमा जाने जोखिम रहेको जानकारहरु बताउँछन् ।  

जेबिल्स फाइनान्सको ३ लाख ७२ हजार कित्ता हकप्रद सेयर लिलाम हुदै, माघ १४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ । फाइनान्सले कुल ३ लाख ७२ हजार ४२७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसअनुसार संस्थापक समूहतर्फ २ लाख ९८ हजार २०६ र सर्वसाधारण समूहको ७४ हजार २२० कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो । हकप्रद खरिदका लागि माघ १४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । चुक्तापुँजी बढाउन जेविल्सले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि फाइनान्सले लिलामी गर्न लागेको हो ।  

सानिमामाई हाइड्रोपावरले ११५ मेगावाटका ३ जलविद्युत आयोजनामा १ अर्ब ८ करोड लगानी गर्ने

काठमाडौं । गैरआवासिय नेपालीले प्रवद्र्धन गरेको सनिमामाई हाइड्रोपावर लिमिटेडले ११५ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न छैठौ वार्षिक साधारणसभाले ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनामा ४८ करोड, २८ मेगावाटको लोअर लिखुमा ४५ करोड र १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव पारित गरेको छ । मध्यतमोर र लोअर लिखुमा हकप्रद सेयर निष्कासबाट प्राप्त रकम र मैलुङखोलामा गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर लगानी गर्ने भएको हो । गत आवमा कम्पनीले २८ करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा गरेको नाफाबाट सेयरधनीले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि वितरण नगरेको सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । गत आवमा गरेको नाफा नयाँ जलविद्युत आयोजना बनाउन पुनरलगानी गर्ने प्रस्ताव सभाले पारित गरेको हो । कम्पनीको पुँजी वृद्धिपछि लाभांश कम आउने भएको हो । सानिमामाईले जलविद्युत्मा थप लगानी जुटाउन भन्दै १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता हकप्रद सेयर बिक्री गरिसकेको छ । अहिले ५ प्रतिशत लाभांश भन्दा लगानीबाट दीर्धकालमा बढी प्रतिफल आउने उनको भनाई छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि चुक्तापुँजी बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जलविद्युत आयोजनामा लगानी गर्नका लागि सानिमामाईले सत्प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । यस्तै सानिमा माई र सुनकोसी आयोजनाको प्रवद्र्धक सानिमा हाइड्रोपावरलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई सहमति दिएको छ । दुई कम्पनी गाभिएपछि सानिमाको क्षमता अझ विस्तार हुने छ । सभाले साधारण सेयरधनीका तर्फबाट भारतकुमार पोखरेल र आशिषकुमार श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ । सानिमामाईले २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । गत आवमा सानिमामाईले बिजुली बिक्री, ब्याज र विविध शिर्षकबाट गरी ८० करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको छ । नयाँ आयोजनामा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।  

कमिसन कटौतीका कारण नेप्सेको नाफा घट्यो

काठमाडौँ, शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को नाफा खस्किएको छ । नेप्सेले आव २०७३/७४ मा  ३७ करोड २० लाख ८५ हजार  रूपैयाँ खुद नाफा गरेकाे छ । आव २०७२/७३ मा नेप्सेले  ४७ करोड ४९ लाख ६० हजार  रूपैयाँ  नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको नाफामा कमी आएको हो । नेपाल धितोपत्र बोर्डले शेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको नाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।  नेप्सेले गत आवमा  ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष  ६९ करोड ६१ लाख ९४ हजार रूपैयाँ आम्दानी गरेको थियो । गत आवमा १०१ वटा संगठित संस्थाले धितोपत्र निस्काशन गरी  ५९ अर्ब ३९ करोड ५४ लाख रूपैयाँ बराबरको पूँजी परिचालन गरेका छन् । प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ .६३ प्रतिशतले वृद्धि भएको छ भने पूँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३.६४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दोस्रो बजारमा आव २०७२/७३ मा १ खर्ब ६३ अर्ब ९५ करोड रूपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४.९० प्रतिशतले वृद्धि भई र२ खर्ब ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा  ७० करोड ३६ लाखबाट बढेर  ८९ करोड तीन लाख रूपैयाँ पुगेको छ । कारोबार संख्यातर्फ आव २०७२/०७३ मा ८ लाख ३६ हजार ९०२ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता शेयर खरिद बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता शेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । अघिल्लो आवको तुलनामा ६९.९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको शेयर कित्तामा गणना गर्दा २९.९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । घट्यो बजार पूँजीकरण  आव २०७२/७३ मा १८ खर्ब ९० अर्ब रूपैयाँ  रहेको नेपालको धितोपत्र बजार पूँजीकरणका १.७९ प्रतिशतले कमी आई आव २०७३/७४ मा  १८ खर्ब ५६ अर्ब रूपैयाँ कायम भएको छ । आव २०७२/ ७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् । यस्तै ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भई उक्त संख्या २०८ कायम भएको छ । समीक्षा वर्षमा कूल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस शेयर र ७३ कम्पनीको  ३० अर्ब ४६ करोड ४८ लाख रूपैयाँ बराबरको हकप्रद शेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कूल १ खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका शेयर सूचीकृत भएका छन् । यस अवधिमा ३ अर्बको तीन वटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप शेयर र ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेप्सेमा आव २०७२/ ७३ मा १३१ सूचीकृत कम्पनी क वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी क वर्गमा वर्गीकृत छन् । आव २०७२/७३ को अन्त्यमा १ हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा १ हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७.८९ प्रतिशतले घटेको हो । पचास प्रतिशत नगद लाभांश बाँडिदै  नेप्सेको ३६ औँ वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार आजको साधारणसभाले  १५ करोड लाभांश वितरण गरेको छ । जसअनुसार सरकारलाई कूल लाभांशको ५८ प्रतिशतअर्थात ८ करोड ७० लाख रूपैयाँ जानेछ । यसैगरी नेपाल राष्ट्र बैंकले कूल लाभांशको ३५ प्रतिशत अर्थात ५  करोड ३५ लाख पाउने छ भने एनआइडिसी डेभलपमेन्ट बैंकले ६  प्रतिशतअर्थात ९० लाख नाफा पाएको छ ।  नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकसहित केही शेयर दलालको शेयर रहेको छ । रासस

पुल निर्माणमा बजेट अभाव, माग ७७ अर्ब, निकासा ३ अर्ब मात्र

काठमाडौँ  । बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत ३ अर्ब रूपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् । महाशाखाले ६२ अर्ब रूपैयाँ बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम भएका कारण निर्माणाधीन पुल तोकिएको समयमा सम्पन्न गर्न समस्या हुने भएको छ । ठेक्का पूरा भई निर्माण भइरहेका ९११ वटा पुलको लागत मात्रै ६२ अर्ब भन्दा बढी रहेका छन् । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेको छ । सो को लागत १५ अर्ब रूपैयाँ छ । महाशाखाका अनुसार कूल  ७७ अर्ब रूपैयाँ  बढीको पुल निर्माणमा छन् । ठेक्का सम्झौताअनुसार तीनदेखि चार वर्षमा सबै पुल निर्माण गरिसक्नुपर्ने हुन्छ । विभागका उपमहानिर्देशक एवं पुल माहाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार  ६२ अर्बको पुल निर्माण गर्न वर्षेनी  १६ अर्ब रूपैयाँ  आवश्यक हुन्छ । “पुल निर्माणको मूलभूत समस्या भनेको बजेटको अभाव हो, राजनीतिक दलले प्राथमिकतताअनुसारको पुल निर्माणका लागि माग गर्दैनन्, निर्वाचन क्षेत्र र आफन्तका घर बस्ती जोड्न पुल माग्ने गरेका छन्” उपमहानिर्देशक थापाले भने। निर्माण व्यवसायी दैनिकजसो महाशाखामा रकम भुक्तानीका लागि आउने गरेको भए पनि बजेट अभावमा दिन नसकिएको उनकाे भनाइ छ । बजेट अभावमा पुल निर्माणले समयमै गति नलिएपछि जनस्तरबाट आक्रोशसमेत व्यक्त हुने गरेको छ । बजेट अभावका कारण चार वर्षे ठेक्का पूरा हुन दश वर्षसम्म लाग्ने गरेको छ । जसका कारण लागत बढ्नुका साथै जनस्तरबाट समेत विरोध हुने गरेको छ । “यो यर्थाथ हो, केहीलाई यर्थाथ तितो लाग्न सक्छ, बजेट नभएकै कारण हामीले पुल निर्माणलाई सोचेजति गति दिन सकेनौँ” थापाले भने । देशभर नै पुल निर्माणका लागि दैनिकजसो माग आइरहने र सरकारले समेत पुल निर्माणलाई विशेष प्राथमिकतामा राखेका कारण महाशाखालाई बजेट एवं जनशक्ति परिचालनमा समेत समस्या भएको छ । नयाँ नयाँ सडक बनीरहेको, सोही आधारमा पुलको मागसमेत बढिरहेको अवस्थामा बजेटको अभावका कारण आफूहरुलाई नयाँ पुल निर्माणमा समस्या उत्पन्न भएको महाशाखाका प्रमुख तथा विभागका उपमहानिर्देशक थापाले जानकारी दिए । “देशभर नै पुलको माग अत्यधिक छ, राजनीतिक नेतृत्वले पनि पुलकै माग गर्ने गरेका छन्, हामीसँग स्रोत र साधनको अभाव देखिएको छ” उपमहानिर्देशक थापाले भने ।उनका अनुसार चालु आवमा ५० वटा पुल निर्माण सम्पन्न हुने छन् । सरकारले आवको अन्त्यमा हरेक पटक रकमान्तर गरेर भए पनि बजेट उपलब्ध गराउने गरेको जानकारी दिँदै उपमहानिर्देशक थापाले सडक विभागले हरेक वर्ष कूल बजेटको ९० प्रतिशतभन्दा बढी रकम खर्च गरेको दाबी गरे । महाशाखाका अनुसार हाल देशभर २ हजार ९ वटा पुल निर्माणाधीन रहेको छ । त्यसमध्ये नयाँ निर्माण भएका सडकमा ५०० वटा नयाँ पुल बनाउन माग भई आएको छ । यस्तै ३०० वटा सहायक तथा पहुँचमार्गमा पुल निर्माण गर्नुपर्नेछ । यस्तै स्थानीय सडकमा पनि ९०० वटा पुल निर्माण गर्नुपर्ने देखिएको छ । महाशाखाको अलावा भारतीय आयात निर्यात बैंक, चिनियाँ आयात निर्यात बैंक, एशियाली विकास बैंक, विश्व बैंकलगायतको सहयोगमा समेत केही पुल निर्माणका क्रममा छन् । अब बन्ने पुल चार लेनका महाशाखाले आगामी दिनमा निर्माण हुने पुल चार लेनको बनाउने तयारी गरेको छ । भारत जोड्ने महाकाली नदी माथिको पुल चार लेनको बनाउन ठेक्का सम्झौता भइसकेको छ । बढ्दो शहरीकरण, सवारीसाधनको वृद्धि तथा जनजीवन सहज बनाउनका लागि पुल चार लेनको बनाउन थालिएको सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले जानकारी दिए । महाशाखाले जनकपुर–जटहीमा छ लेनका सडकमा तीन वटा, भैरहवा– बुटवल सडकखण्डमा चार लेनका दुई वटा, नेपालगञ्ज– सुर्खेत सडकखण्डमा चार लेनका पाँच वटा, वीरगञ्ज–पथलैया छ लेनको एउटा, पथलैया–दुधौरा चार लेनको एउटा पुल निर्माण शुरु भएको छ । ती सबै पुल सरकारको पाँच वर्षे रणनीतिक योजनाअन्तर्गत पर्छ । यस्तै नारायणगढ– बुटवल, बुटवल कोहलपुर सडक खण्डको विस्तारसँगै पुल पनि सोही लेनका आधारमा निर्माण गरिने छ । सो सडक खण्ड छ लेनको बनिरहेको छ । यस्तै काठमाडौँ– पोखरा सडकखण्ड चार लेनको बनाउने तयारी भएपछि पुलसमेत चार लेनकै बनाउने गरी नक्सा तयार गर्न थालिएको सिनियर डिभिजनल इञ्जिनियर शाक्यले जानकारी दिए । चीनसँग जोडिएका सबै सडक मार्ग डबल लेन बनाउने गरी तयारी भएकाले पुल समेत डबल लेनमा नै निर्माण गरिनेछ । उपमहानिर्देशक थापाले सडकको चौडा विस्तार सँगसँगै पुललाई पनि सोहीअनुसार पुनःनिर्माण तथा नवनिर्माण गर्न लागिएको जानकारी दिए । नारायगढ– बुटवल सडकखण्डमा एशियाली विकास बैंकले रु सात अर्ब सडक निर्माणमा खर्च गर्ने तयारी गरेको छ । रासस